Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

भोक मेटाउन छोरी बेच्नेहरुको कथा !



तस्बिर : एएफपी

काठमाडौं । अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि त्यहाँको अवस्था निकै दर्दनाक बन्न थालेको छ । अफगानी परिवार एक पेट भर्नकै लागि आफ्ना सन्तान नै बेच्ने अवस्थामा पुगेका छन् । काबुलकी एक आमा ‘फहिमा’ जसले आफ्ना दुई छोरीलाई करिब ६ हजार डलरमा बेचेकी छिन् ।

फहिमा आफ्नो भोक मात्रै होइन् छोरीहरुको भोक मेटाउनकै लागि बेच्न बाध्य भएकी थिइन् । जसलाई उनी निकै पीडापूर्वक सम्झन्छिन् ।

‘बाँकी छोराछोरी पनि भोकैले मर्ने अवस्थामा पुगे, त्यसैले हामीले हाम्रो छोरीहरु बेच्नुपर्‍यो, म यसका लागि धेरै दु:खी छु किनभने उनीहरू मेरी छोरी हुन्’, सञ्चारकर्मीसँगको कुराकानीमा फहिमाले भनेकी छिन्, ‘हामी भोकाएका छौं, हाम्रो घरमा न पीठो छ न तेल, हामीसँग केही छैन् ।’

फहिमाले छोरी बेच्ने निर्णय पतिकाे आदेशपछि गरेकी थिइन् । भोकले परिवारका कुनै पनि सदस्य बाँच्ने अवस्था नभएपछि फहिमाको परिवारले यस्तो कदम चालेको थियो । फहिमाले बेचेका दुई छोरीमध्ये एउटी १८ महिनाकी मात्रै छिन् । दुध नै नछुटेकी छोरीलाई पनि उनले पैसासँग साटेकी थिइन् । फहिमाले बेचेकी अर्की छोरी पनि मात्रै ६ वर्षकी छिन् ।

फहिमाले छोरी बेच्ने निर्णय पतिकाे आदेशपछि गरेकी थिइन् । भोकले परिवारका कुनै पनि सदस्य बाँच्ने अवस्था नभएपछि फहिमाको परिवारले यस्तो कदम चालेको थियो ।

फहिमाले बेचेका दुई छोरीमध्ये एउटी १८ महिनाकी मात्रै छिन् । दुध नै नछुटेकी छोरीलाई पनि उनले पैसासँग साटेकी थिइन् । फहिमाले बेचेकी अर्की छोरी पनि मात्रै ६ वर्षकी छिन् ।

फहिमाको छोरीहरुको मोलमोलाई बजारमा सामान किने जस्तै गरि भएको थियो । सयौं मानिसहरुको भीडमा फहिमाका छोरीलाई सबैभन्दा धेरै पैसा दिनेले लगेका थिए ।

दो वक्त के खाने के लिए मासूम बच्चियां बेच रहे माता-पिता, देश में फैली भुखमरी
तस्बिर : एएफपी

उनका दुई छोरी जसले खरिद गरेका थिए, उनीहरुले आफ्ना छोराका लागि छोरीहरु लगेका थिए ।

अर्को पीडाको कुरा, फहिमाको परिवारले निकै थोरै मात्रै पैसा पाएको थियो । ६ वर्षकी छोरी वापत ३ हजार ३ सय ५० डलर र १८ महिनाकी छोरी वापत २ हजार ८ सय डलर मात्रै उनीहरूले पाएका थिए ।

आफ्नी छोरी किन्नेले मुल्यमा निकै मोलतोल गरेको फहिमाले बताइन् । यति हुँदाहुँदै पनि उनले एकमुष्ट रकम भने पाएकी छैनन् ।

फहिमाको परिवारले निकै थोरै मात्रै पैसा पाएको थियो । ६ वर्षकी छोरी वापत ३ हजार ३ सय ५० डलर र १८ महिनाकी छोरी वापत २ हजार ८ सय डलर मात्रै उनीहरूले पाएका थिए ।

फहिमाको परिवारले जुन पसलबाट खाद्यवस्तु किन्ने गर्दथ्यो, सोही पसलले ऋण बढी भएकाले सामान दिन बन्द गरेको छ । पसलेले पैसा नदिए सबैलाई जेल हाल्ने धम्कीसमेत दिएको फहिमा बताउछिन् । यो समस्याबाट बच्न उनको परिवारले थोरै पैसामै छोरीलाई बेचेको थियो ।

आधा जनसंख्या डरलाग्दो भोकमरिमा

सन् २०२० को तथ्यांकअनुसार अफगानिस्तानको कुल जनसंख्या ३ करोड ८९ लाख २८ हजार ३४१ हाे । संयुक्त राष्ट्र संघको रिपोर्टअनुसार कुल जनसंख्याको आधाभन्दा बढी जनसंख्या अर्थात् २ करोड ५० लाख मानिस भोकमरीको गम्भीर खाडलमा फस्दै छन् ।

वर्षौंको युद्ध र हिंसाले खराब बनेको अफगानिस्तानमा पछिल्ला वर्षहरुमा भएको जलवायु परिवर्तनले पनि निकै ठूलो संकट पैदा गराएको छ । बढ्दो खडेरीले उब्जनी नहुँदा ग्रामीण भेगका किसानहरु पनि भोकै मर्ने अवस्थामा पुगेका छन् ।

संकटै संकटमा जुधिरहेका युवा पुस्ता तालिबानको आगमनसँगै फेरी बेरोजगार बन्ने अवस्थामा पुगेका छन् । युवाहरु काम गर्न बाहिर जाने अवस्थामा छैनन् । एजेन्सीकाे सहयाेगमा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा