back
CTIZAN AD

कुखुरापालन र केराखेतीबाट मनग्य आम्दानी

वि.सं.२०७८ कात्तिक १० बुधवार

777 

shares

गलेश्वर । धेरै मानिसको रहर काठमाडौँमा घर बनाउने, त्यहीँ बस्ने र रमाउने हुन्छ ।

यही रहर पूरा गर्नका लागि कैयौँ व्यक्ति विदेश जान्छन् । गाउँको जायजेथा बेचेरै भए पनि दुई–तीन आनाको टुक्रे जग्गा किनेर काठमाडौँमा घर बनाउँछन् तर म्याग्दीका एक व्यक्ति कोरिया र काठमाडौँ छोडेर गाउँमा स्थानीय जातका कुखुरापालन र १४ रोपनी क्षेत्रफलको धान फल्ने खेतमा केराखेती गरेर गाउँमा नै रमाएर बसेका छन् ।

काठमाडौँको गोङ्गबुमा रहेको आफ्नो पाँचतले घर अरूलाई भाडामा दिएर गाउँ फर्केका बेनी नगरपालिका–२ बगरफाँटका दुर्गाबहादुर थापाको दैनिकी कुखुरा र केराखेतीको स्याहारसुसारमा बित्ने गर्छ ।

करिब २० वर्ष कोरिया बसेर फर्केका थापा काठमाडौँमा घर बनाएर एक दशकसम्म होटेल व्यवसायमा पनि लागे । आफ्नै घरमा सञ्चालन गरेको सपना गेष्ट हाउस अहिले अर्कैलाई भाडामा दिएको उनले बताए ।

बिहान उठेदेखि राति नसुतुन्जेलसम्म उनी कुखुराको खोर र केराबारीमा नै व्यस्त रहन्छन् । काठमाडौँको बसाइलाई बिट मारेर गाउँ फर्केका ५४ वर्षीय थापाले गाउँमा रहरलाग्दो गरी कुखुरापालन र केराखेती गरेका छन् ।

रु आठ लाखको लगानीमा उनले स्थानीय जातका कुखुरापालन गरेका छन्। “खोर बनाउन र कुखुराका चल्ला खरिद गर्न रु आठ लाख लगानी भइसकेको छ,” थापाले भने, “काठमाडौँको एकाङ्की जीवनभन्दा यही आनन्द छ । आफ्नै माटोमा रमाउनुको मज्जै बेग्लै हुँदो रहेछ । मनमा शान्ति छ, शरीरमा स्फुर्ती छ, यहाँभन्दा बढी के चाहियो र रु”

दुई वर्षअघि कोभिड–१९ को सङ्क्रमण सुरु हुने बित्तिकै श्रीमती, छोरा र बुहारीसहित गाउँ फर्केका थापाले कोरोना सङ्क्रमणको पहिलो लहर सुरु हुने बित्तिकै आठ रोपनी जग्गामा करिब एक हजार केराका बिरुवा लगाएर कृषि कर्मको शुभारम्भ गरे।

“यो खेतमा पहिला धान फल्थ्यो, धान खेती गर्न लागत बढी लाग्ने, उत्पादन कम हुने, झन्झटिलो हुने र कृषि मजदुरको पनि अभाव हुने भएकाले मैले धान फल्ने खेतमा केराखेती गरेको हुँ,” घर पछाडिको केरा बारीलाई देखाउँदै थापाले भने, “दुई वर्ष भयो, अब आउँदो वर्षदेखि केरा बिक्री गरेर वार्षिक रु चार लाखभन्दा बढी कमाई गर्ने लक्ष्य लिएको छु ।” थापालाई उनकी श्रीमती र छोराले पनि सघाउने गरेका छन् ।

त्यसैगरी थापाले यस क्षेत्रमा नै पहिलोपटक व्यावसायिक रुपमा स्थानीय जातका कुखुरापालन गरेका छन् । उनको खोरमा अहिले ६०० भन्दा बढी स्थानीय जातका कुखुरा बिक्री गर्नका लागि योग्य भएका छन् ।

प्रतिकुखुरा करिब तीन किलोग्राम बराबरका छन् । प्रतिगोडा रु दुई हजारका दरले बिक्री गर्न सुरु गरेका छन् । दसैँमा विशेष छुटका साथ कुखुरा बिक्री गर्ने थापाले बताए ।

“मैले रहरले गरेको व्यवसाय हो, एकै पटक धेरै नाफा कमाउने उद्देश्यले मैले व्यवसाय गरेको होइन, ग्राहकलाई खुसी बनाएर पठाउने र सन्तुष्टि दिलाउने मेरो प्रयास हुनेछ,” उनले भने ।

घर वरिपरि रहेको १४ रोपनी जग्गामध्ये आठ रोपनीमा केराखेती र बाँकी ६ रोपनीमा फलफूल, तरकारी खेती गर्नाका साथै कुखुराको खोर बनाएका छन् । सानाठूला गरी तीनवटा खोरमा उनले स्थानीय जातका कुखुरा पालेका छन् ।

एउटा खोरमा कालिज प्रजातिको ‘कक्कड’ नामक कालो कुखुरा पनि बिक्रीयोग्य भएका छन् । “जीवनमा धेरै दुःख गरियो, धेरै थोरै कमाइयो पनि,” उनले भने, “तर कहीँ पनि मन रमाउन सकेन, यसैले आफ्नै गाउँ फर्कियौँ ।”
रासस

वि.सं.२०७८ कात्तिक १० बुधवार १३:४१ मा प्रकाशित

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...