back
CTIZAN AD

कुखुरापालन र केराखेतीबाट मनग्य आम्दानी

वि.सं.२०७८ कात्तिक १० बुधवार

756 

shares

गलेश्वर । धेरै मानिसको रहर काठमाडौँमा घर बनाउने, त्यहीँ बस्ने र रमाउने हुन्छ ।

यही रहर पूरा गर्नका लागि कैयौँ व्यक्ति विदेश जान्छन् । गाउँको जायजेथा बेचेरै भए पनि दुई–तीन आनाको टुक्रे जग्गा किनेर काठमाडौँमा घर बनाउँछन् तर म्याग्दीका एक व्यक्ति कोरिया र काठमाडौँ छोडेर गाउँमा स्थानीय जातका कुखुरापालन र १४ रोपनी क्षेत्रफलको धान फल्ने खेतमा केराखेती गरेर गाउँमा नै रमाएर बसेका छन् ।

काठमाडौँको गोङ्गबुमा रहेको आफ्नो पाँचतले घर अरूलाई भाडामा दिएर गाउँ फर्केका बेनी नगरपालिका–२ बगरफाँटका दुर्गाबहादुर थापाको दैनिकी कुखुरा र केराखेतीको स्याहारसुसारमा बित्ने गर्छ ।

करिब २० वर्ष कोरिया बसेर फर्केका थापा काठमाडौँमा घर बनाएर एक दशकसम्म होटेल व्यवसायमा पनि लागे । आफ्नै घरमा सञ्चालन गरेको सपना गेष्ट हाउस अहिले अर्कैलाई भाडामा दिएको उनले बताए ।

बिहान उठेदेखि राति नसुतुन्जेलसम्म उनी कुखुराको खोर र केराबारीमा नै व्यस्त रहन्छन् । काठमाडौँको बसाइलाई बिट मारेर गाउँ फर्केका ५४ वर्षीय थापाले गाउँमा रहरलाग्दो गरी कुखुरापालन र केराखेती गरेका छन् ।

रु आठ लाखको लगानीमा उनले स्थानीय जातका कुखुरापालन गरेका छन्। “खोर बनाउन र कुखुराका चल्ला खरिद गर्न रु आठ लाख लगानी भइसकेको छ,” थापाले भने, “काठमाडौँको एकाङ्की जीवनभन्दा यही आनन्द छ । आफ्नै माटोमा रमाउनुको मज्जै बेग्लै हुँदो रहेछ । मनमा शान्ति छ, शरीरमा स्फुर्ती छ, यहाँभन्दा बढी के चाहियो र रु”

दुई वर्षअघि कोभिड–१९ को सङ्क्रमण सुरु हुने बित्तिकै श्रीमती, छोरा र बुहारीसहित गाउँ फर्केका थापाले कोरोना सङ्क्रमणको पहिलो लहर सुरु हुने बित्तिकै आठ रोपनी जग्गामा करिब एक हजार केराका बिरुवा लगाएर कृषि कर्मको शुभारम्भ गरे।

“यो खेतमा पहिला धान फल्थ्यो, धान खेती गर्न लागत बढी लाग्ने, उत्पादन कम हुने, झन्झटिलो हुने र कृषि मजदुरको पनि अभाव हुने भएकाले मैले धान फल्ने खेतमा केराखेती गरेको हुँ,” घर पछाडिको केरा बारीलाई देखाउँदै थापाले भने, “दुई वर्ष भयो, अब आउँदो वर्षदेखि केरा बिक्री गरेर वार्षिक रु चार लाखभन्दा बढी कमाई गर्ने लक्ष्य लिएको छु ।” थापालाई उनकी श्रीमती र छोराले पनि सघाउने गरेका छन् ।

त्यसैगरी थापाले यस क्षेत्रमा नै पहिलोपटक व्यावसायिक रुपमा स्थानीय जातका कुखुरापालन गरेका छन् । उनको खोरमा अहिले ६०० भन्दा बढी स्थानीय जातका कुखुरा बिक्री गर्नका लागि योग्य भएका छन् ।

प्रतिकुखुरा करिब तीन किलोग्राम बराबरका छन् । प्रतिगोडा रु दुई हजारका दरले बिक्री गर्न सुरु गरेका छन् । दसैँमा विशेष छुटका साथ कुखुरा बिक्री गर्ने थापाले बताए ।

“मैले रहरले गरेको व्यवसाय हो, एकै पटक धेरै नाफा कमाउने उद्देश्यले मैले व्यवसाय गरेको होइन, ग्राहकलाई खुसी बनाएर पठाउने र सन्तुष्टि दिलाउने मेरो प्रयास हुनेछ,” उनले भने ।

घर वरिपरि रहेको १४ रोपनी जग्गामध्ये आठ रोपनीमा केराखेती र बाँकी ६ रोपनीमा फलफूल, तरकारी खेती गर्नाका साथै कुखुराको खोर बनाएका छन् । सानाठूला गरी तीनवटा खोरमा उनले स्थानीय जातका कुखुरा पालेका छन् ।

एउटा खोरमा कालिज प्रजातिको ‘कक्कड’ नामक कालो कुखुरा पनि बिक्रीयोग्य भएका छन् । “जीवनमा धेरै दुःख गरियो, धेरै थोरै कमाइयो पनि,” उनले भने, “तर कहीँ पनि मन रमाउन सकेन, यसैले आफ्नै गाउँ फर्कियौँ ।”
रासस

वि.सं.२०७८ कात्तिक १० बुधवार १३:४१ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...