back
CTIZAN AD

बहुमत जुटाउन नसक्ने भएपछि राजीनामा दिने तयारीमा पुगीन् अष्टलक्ष्मी

वि.सं.२०७८ कात्तिक १० बुधवार

708 

shares

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अन्ततः राजीनामा दिने भएकी छिन् । प्रदेशसभामा बहुमत नजुट्ने प्रष्ट भएपछि उनी राजीनामा दिने तयारीमा पुगेकी हुन् ।

प्रदेशसभाको बैठकमा शाक्यले राजीनामा दिने एमाले सांसद अरुण नेपालले जानकारी दिएका छन् । प्रदेशसभा बैठक केहीबेर अघिदेखि सुरु भएको थियो । शाक्यले अहिले सम्बोधन गरिरहेकी छिन् ।

बताइएअनुसार शाक्यले विपक्षीको जवाफ दिएसँगै सदनबाटै राजीनामाको घोषणा गर्नेछिन् ।

प्रदेशसभा सचिवालयले आजको बैठकमा विश्वासको मत विभागन गर्ने तयारी गरिसकेको छ । तर, मत विभाजन आफ्नो पक्षमा हुने नदेखेपछि उनी बाहिरिन खोजेकी हुन् ।

प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी १०९ सदस्य छन् । प्रदेशसभामा नयाँ सरकार बनाउन र टिकाउन ५५ मत भए पुग्छ । विपक्षी गठबन्धनसँग ५९ मत रहेको छ ।

वि.सं.२०७८ कात्तिक १० बुधवार १४:१४ मा प्रकाशित

कृषि विकास बैंक नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंक नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

सामुदायिक विद्यालयका शिक्षकको तलब कसको कति पुग्यो ?

सामुदायिक विद्यालयका शिक्षकको तलब कसको कति पुग्यो ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/ ८४ को बजेटमार्फत घोषणा...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...