back
CTIZAN AD

पसल गएकी बालिकाको हत्या गरेर फालिएको अवस्थामा शब भेटियो

वि.सं.२०७८ कात्तिक २३ मंगलवार

567 

shares

कर्णाली । लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।

लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बालिका आइतबार बिहान १०ः०० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी तर घर नफर्केपछि परिवारले सोमबार बिहान ९ः०० बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो ।

खबर प्राप्त भएलगत्तै इप्रकाका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा रहेको पाँच प्रहरीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियोे ।घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ । रासस

वि.सं.२०७८ कात्तिक २३ मंगलवार ११:१९ मा प्रकाशित

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ...

नराकोट-हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित

नराकोट-हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित

जुम्ला । यहाँको सिंजा गाउँपालिकाको नराकोटदेखि कनका सुन्दरीको हाटसिंजासम्म निर्माणाधीन...

मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ

मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कामको प्रलोभन देखाइ पैसा...