back
CTIZAN AD

नराकोट-हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित

वि.सं.२०८२ चैत २० शुक्रवार

615 

shares

जुम्ला । यहाँको सिंजा गाउँपालिकाको नराकोटदेखि कनका सुन्दरीको हाटसिंजासम्म निर्माणाधीन सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरेको छ ।

कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२÷८३ को बजेट कार्यक्रम शीर्षकअन्तर्गत सिंजाको चुलेलगाँउ–नराकोट–धापा–कोटघर–कुनौटा हुँदै लौडीसिम लुड्कु–हाटसिंजा सडक स्तरोन्नतिका स्रोत सुनिश्चित भएको हो । पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले रु १५ करोड १९ लाख बजेटसहित बहुवर्षीय स्रोत सुनिश्चित भएको जानकारी दिए ।

यसैबीच नरोकाट बजारदेखि हाटसिंजासम्मको पाँच किलोमिटर सडक कालोपत्र गर्नेका लागि पहिलो चरणमा आइतबार रु ११ करोडको ठेक्का आह्वान गरिएको छ ।

सडक निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना बोकेको रारा तालसम्म जाने पर्यटन र वर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीयलाई निकै सहज हुने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । प्रदेश सरकारले जिल्लाको समस्यालाई बुझेर उक्त बजेटको स्रोत सुनिश्चित गरेको र अब समयमै गुणस्तरीय काम सम्पन्न गर्न सबैले ध्यान दिनुपर्ने उनकोे आग्रह छ ।

स्रोत सुनिश्चित भएपछि आगामी तीन वर्षभित्र सडक योजना सम्पन्न गरी सञ्चालनमा ल्याइने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

वि.सं.२०८२ चैत २० शुक्रवार १२:४० मा प्रकाशित

सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु

सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु

विराटनगर, । सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जमा भएको घटनापछि उत्पन्न विवाद...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...