back
CTIZAN AD

नेपाल बैंकर्स संघद्वारा सातै प्रदेशमा साइबर सुरक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८२ चैत २० शुक्रवार

420 

shares

काठमाडौँ । नेपाल बैंकर्स संघले ख्क्ष्क्ब् सँगको सहकार्यमा नेपालको बैंकिङ क्षेत्रमा साइबर सुरक्षा सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा साइबर सुरक्षा सम्बन्धी जनचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

डिजिटल बैंकिङ सेवाको तीव्र विस्तारसँगै वित्तीय क्षेत्रमा साइबर जोखिम, अनलाइन ठगी तथा डिजिटल फ्रडका घटनाहरू बढ्दै गएको सन्दर्भमा उक्त विषयमा कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय वित्तीय प्रणालीमा देखिएका यस्ता चुनौतीहरूलाई मध्यनजर गर्दै बैंकिङ क्षेत्रका कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा सचेतना विस्तार गर्न कार्यक्रम केन्द्रित थियो ।

प्रदेशस्तरीय कार्यक्रमहरूमा साइबर जोखिमको पहिचान, डिजिटल फ्रडका प्रवृत्ति, तथा जोखिम न्यूनीकरणका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो । साथै बैंकिङ प्रणालीमा सुरक्षित अभ्यासहरू अवलम्बन गर्ने र त्यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सावधानी र यस बारे बैंकका ग्राहकहरुलाई निरन्तर जानकारी दिनु पर्ने विषयमा पनि जोड दिइएको थियो ।

कार्यक्रममा सातै प्रदेशबाट प्रदेश प्रमुख, शाखा प्रबन्धक लगायत विभिन्न तहका बैंकका कर्मचारी गरि ३०० भन्दा बढी को सहभागिता रहेको थियो । कार्यक्रमले समग्र वित्तीय प्रणालीलाई अझ सुरक्षित र सुदृढ बनाउन योगदान दिनेमा आशावादी छौ ।

नेपाल बैंकर्स संघले साझेदारहरूसँग सहकार्य गरि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै बैंकिङ क्षेत्रमा साइबर सुरक्षा सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएका छौ ।

 

 

वि.सं.२०८२ चैत २० शुक्रवार १३:१४ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...