back
CTIZAN AD

प्रधानन्यायाधीशले फेरि तोडे सहमति, विवादकै बीच तोके सबै मुद्दाका पेसी

वि.सं.२०७८ कात्तिक २३ मंगलवार

561 

shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेक अरु मुद्दाको पेसी नतोक्ने सहमतिलाई तोडेका छन् । विवादको किनारा नलाग्दासम्म अरु मुद्दाका पेसी नतोक्ने भनी सर्वोच्च अदालतका न्यायाधीशहरुसँग उनले सहमति गरेका थिए ।

तर, मंगलबार उनले बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेकका मुद्दाको पनि पेसी तोकेका छन् । साथै उनले आफ्ना लागि समेत एकल इजलाससमेत तोकेका छन् । प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलाससहित अन्य ९ वटा इजलास तोकेका छन् ।

सोमबार पनि राणाले ६ वटा इजलासमा पेसी तोकेका थिए। उनले संयुक्त इजलास पनि तोकेका थिए ।

राणाले इजलास तोकेपछि अन्योलमा परेका न्यायाधीशहरु छलफल पछि इजलासमा सहभागी भएका थिए । न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाई नरोक्ने तर विवाद कायमै रहेसम्म प्रधानन्यायाधीशसँग ‘बेञ्च सेयरिङ’ नगर्ने निर्णय गरेका थिए ।

यसैबीच सोमबार रातिमात्रै नेपाल बार एशोसिएसनले निर्णय सार्वजनिक गर्दै आफूलाई इजलास नतोक्न प्रधानन्यायाधीश जबरालाई चेतावनी दिएको थियो । मंगलबारको पेसी तोक्ने निर्णयसँग आन्दोलनमा रहेका कानून व्यवसायी थप आक्रामक हुने देखिएको छ ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार ११:५७ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...