back
CTIZAN AD

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मि बिच बीमासेवा सम्बन्धी सम्झौता

वि.सं.२०७८ कात्तिक २३ मंगलवार

633 

shares

२३ कार्तिक, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मि बिच दुर्घटना बीमासेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मि का अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात पिक मिका चालक र पिक मि प्रयोग गर्ने सबै ग्राहकहरुको रु. १,००,०००/–(अक्षेरुपी एक लाख) सम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मिका अध्यक्ष प्रसन्न अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पिक मिका चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा ‘पिक मि’मा ग्राहकले राइड सेयरिङ्ग, फुड डेलिभरी, लजिस्टिक सर्पोट, मार्ट एउटै एप बाट गर्ने व्यवस्था रहेको र सो एप प्लेस्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने जानकारी दिएका थिए ।

यस्तै आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गरे ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १२:२८ मा प्रकाशित

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

काठमाडौं । ICRA नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड...

नेपाल लाइफको विशेष योजना: व्यतीत बीमालेख पुनर्जागरणमा १००% विलम्ब शुल्क छुट

नेपाल लाइफको विशेष योजना: व्यतीत बीमालेख पुनर्जागरणमा १००% विलम्ब शुल्क छुट

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो २५औँ...

सेयर कारोबार हप्ताकाे पाँच दिन मात्र हुने

सेयर कारोबार हप्ताकाे पाँच दिन मात्र हुने

काठमाडौं: सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने...