काठमाडौं । सरकारले तीन वटा प्रदेशमा प्रदेश प्रमुखहरु फेरबदल गरेको छ । सोमबार सबेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिममा प्रदेश प्रमुखहरु फेरेको हो ।
सरकारले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ । तीन वटै प्रदेशमा प्रमुखहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) कोटाबाट चयन भएका हुन् ।
प्रदेश १ मा सिफारिस भएका प्रदेश प्रमुख खापुङ नेकपा (एकीकृत समाजवादी)का नेता हुन् भने कर्णालीमा प्रदेशमा सिफारिस भएका परियार माओवादी केन्द्र निकटका हुन् । उनी यसअघि प्रदेश २ का प्रदेश प्रमुख थिए ।
त्यसैगरि सुदुरपश्चिमको प्रमुखमा सिफारिस भएका जोशी कांग्रेस नेता हुन् । उनी कांग्रेस बाजुराका पूर्वसभापति पनि हुन् ।
वि.सं.२०७८ कात्तिक २३ मंगलवार १५:१३ मा प्रकाशित




























