back
CTIZAN AD

बैंक अफ काठमाण्डूका कार्ड बाहक ग्राहकहरुलाई दराजको ११.११ योजनामा रु.३,५०० सम्मको छुट

वि.सं.२०७८ कात्तिक २४ बुधवार

531 

shares

२४ कार्तिक, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले दराजको ११.११ योजनामा रु. ३,५०० सम्म छुट पाउने छन । पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाइन मार्फत आफुलाई आवश्यक विभिन्न सामानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्ड बाहक ग्राहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै रु.३,५०० सम्मको विशेष छुटको योजना ल्याएको हो ।

यस अन्र्तगत दराजको ११.११ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% वा अधिकतम् रु ३,५०० सम्मको छुटको सुबिधा उपयोग गर्न सक्नेछन । बैंकको कार्डबाहक ग्राहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा १५% वा अधिकतम रु. ३,००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १५% वा अधिकतम रु.३,५०० सम्म छुटको पाउने छन ।

यो योजनामा बैंकको कार्डबाहक ग्राहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी रु. ३,५०० सम्मको छुट सहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन ।

बैंक अफ काठमाण्डू लिमिटेडले हाल ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

वि.सं.२०७८ कात्तिक २४ बुधवार ११:५८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...