back
CTIZAN AD

आगामी सातादेखि फाइजर खोप लगाइँदै, कहाँ–कहाँ पाइन्छ लगाउन ? (सूचीसहित)

वि.सं.२०७८ कात्तिक २४ बुधवार

621 

shares

काठमाडौं । अमेरिकाबाट प्राप्त भएको कोरोनाविरुद्वको फाइजर खोप आगामी सातादेखि लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने यो खोप अभियान कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म चल्नेछ ।

खोप सीमित ठूला अस्पतालबाट मात्रै दिन लागिएको बताइएको छ । काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ गरी २४ वटा अस्पतालमार्फत खोप लगाइने जनाइएको छ ।

कसले पाउँछन् फाइजर खोप ?

१२ वर्षमाथिका दीर्घ रोग भएका बिरामी । जसमा मृगौला, मुटु, क्यान्सरि, छातीसँग सम्बन्धीत समस्या, उच्च रक्तचाप, मधुमेह, मस्तिष्कका रक्तनलीसम्बन्धी विभिन्न रोग लागेका दिर्घ बिरामीलाई यो खोप लगाइनेछ । खोप बाँकी रहेमा १२ देखि १८ वर्षका अन्य बालबालिकालाई पनि खोप लगाइने कार्यक्रम रहेको छ।

कुन–कुन अस्पतालमा लगाउन पाइन्छ ?

उपत्यकाका अस्पतालहरु

वीर अस्पताल
त्रिवि शिक्षण अस्पताल
निजामती सेवा अस्पताल
शहिद गंगालाल हृदय केन्द्र
भक्तपुर क्यान्सर अस्पताल
पाटन अस्पताल
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
वीरेन्द्र सैनिक अस्पताल

उपत्यका बाहिर अस्पतालहरु

मेची अस्पताल
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
जनकपुर अस्पताल
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान
लुम्बिनी प्रादेशिक अस्पताल
भेरी अस्पताल
डडेल्धुरा अस्पताल
कोशी अस्पताल
गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान
नारायणी अस्पताल
धुलिखेल अस्पताल
धवलागिरी अस्पताल
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
कर्णाली प्रादेशिक अस्पताल
सेती अस्पताल

वि.सं.२०७८ कात्तिक २४ बुधवार १२:०९ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...