back
CTIZAN AD

जिम्न्याष्टिक टोलीलाई प्रमाणपत्र प्रदान

वि.सं.२०७८ कात्तिक २४ बुधवार

498 

shares

काठमाडौँ । नेपाल जिम्न्याष्टिक सङ्घले पाँचौँ बङ्गबन्धु सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई आज सहभागिताको प्रमाणपत्र प्रदान गरेको छ ।

नेपाल जिम्न्याष्टिक सङ्घका अध्यक्ष ध्रुवबहादुर प्रधानले उनीहरुलाई आज यहाँ आयोजित एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरे । अध्यक्ष प्रधानले खेलाडीलाई ‘एक्सपोजर’ गराउन सङ्घले अन्तर्राष्ट्रिय सहभागितामा जोड दिइरहेको बताए ।

अक्टोबर २६ देखि ३१ तारिखसम्म भएको उक्त प्रतियोगिताको सिनियरतर्फ समान ४–४ पुरुष÷महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।

सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिङ्की झाङ, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धरले प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै जुनियर पुरुषमा रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपीन दोङले खेलेका थिए । प्रशिक्षकमा राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जन तथा व्यवस्थापकमा पूर्णमान बज्राचार्य छन् ।

अफिसियलमा सुनिलमान सिं, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशीलप्रकाश प्रधान रहेका छन् । नेपाल जिम्न्याष्टिक सङ्घका महासचिव मुकुन्दराज शर्माले पदक नै नजिते पनि खेलाडीको प्रदर्शन उत्साहजनक रहेको बताए ।
रासस

वि.सं.२०७८ कात्तिक २४ बुधवार १२:१९ मा प्रकाशित

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरेर...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...