काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबारस्थित् माओवादीको संसदीय दलको कार्यालयमापुगेर लुले भेटवार्ता गरेका हुन् ।
एमसीसी सम्झौतामा केन्द्रीत भेटवार्तामा सहायक विदेशमन्त्री लूले पारित सम्झौता गर्ने वा नगर्ने भन्ने बारे निर्णय दिन आग्रह गरे । उनले समयसीमा नै तोकेर एमसीसीबारे निर्णय लिन प्रचण्डलाई आग्रह गरेको प्रचण्डको स्वीकय सचिवालयले जनाएको छ ।
बताइएअनुसार सहायक विदेशमन्त्री लूले आगामी डिसेम्बर १४ सम्म एमसीसी सम्झौता अगाडि बढाउने वा फिर्ता गर्ने भन्नेबारे निर्णय लिन प्रचण्डलाई समयसीमा नै तोकेर दिएका थिए । उनले १४ सम्म निर्णय नलिए फिर्ता लैजाने बताएका थिए ।
भेटवार्ताका क्रममा सम्झौता फिर्ता लगेमा अन्य सहयोगका कार्यक्रममा पनि असर गर्ने संकेत लूले दिएका थिए । भेटमा प्रचण्डले भने सर्वपक्षीय छलफल पछि मात्रै एमसीसीबारे टुंगो लगाउने बताएका थिए । उनले एकल हिसाबले निर्णय नदिने बताएका थिए ।
भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी थिए ।
वि.सं.२०७८ मंसिर ३ शुक्रवार १८:२१ मा प्रकाशित






























