उठौँ !जागौं !जागौं !!अब
आँखा खोली लागौं !
भ्रष्टाचार हटाउँदै
समृद्धिमा लागौं !
सुन सुन दिदी बहिनी
सुन दाजुभाई
भ्रष्टाचार रहित बिकास
हामी सबैलाई !
पर निर्भर बन्यो देश
आत्मनिर्भर कहिले ?
भ्रष्टाचारी बढ्दै गए
मंहगी घट्ला कहिले ?
सम्झिएर दुख्छ मन
दुख्छ तन पनि
भ्रष्टाचार हटाउनुछ
स्वाभिमानी बनी ।।
शिक्षा, स्वास्थ्य, खाद्यान्नको
महंगी छ कस्तो ?
शिष्टताको गाथा हेर
बनेको छ सस्तो
सफा, स्वच्छ विचार त्यो
दूषित बनिदिदा
विकृति र विसंगति
आज फैलिदिदा
उठ उठ आऊ अब
लागौं यसै गरी
भ्रष्टाचार निर्मूल गरौं
हातेमालो गरी ।।।
सदाचार शुशासनको
मार्ग खुलाउँदै
असल, राम्रो अनि सभ्य
समाज बनाउँदै
न्याय अनि समानताको
मिठो बोलीसंगै
भ्रष्टाचार हटाउन
लागिपरौं सबै !
वि.सं.२०७८ मंसिर ४ शनिवार ०६:४६ मा प्रकाशित






























