back
CTIZAN AD

माओवादी केन्द्रले आज देशभर एकैसाथ वडा सम्मेलन गर्दै, यस्तो छ निर्वाचन कार्यतालिका

वि.सं.२०७८ मंसिर ४ शनिवार

867 

shares

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले आज देशैभर एकैसाथ वडा सम्मेलन गर्दैछ । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ नाराका साथ माओवादीले वडा सम्मेलन गर्न लागेको माओवादीले जनाएको छ।

पार्टी प्रवक्ता कृष्ण बहादुर महराले वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवम् मानसिकता नराखि एकताबद्ध भएर लाग्न अपिल गरेका छन् ।

‘हाम्रो पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवम् मानसिकता नराखि एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने नयाँ एवम् रुपान्तरित पाटी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दछ,’ महराले जारी गरेको अपिलमा भनिएको छ।

उनले सकेसम्म सर्वसम्मत रुपमा समिति चयन गर्न पनि विज्ञप्तीमार्फत् आग्रह गरेका छन्।

वडा सम्मेलनको पूर्वसन्ध्यामा माओवादी केन्द्र निर्वाचन आयोगले वडा सम्मेलनको तयारी बारे जानकारी गराएको थियाे । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वडा सम्मेलनका लागि सबै तयारी पूरा भएको माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

निर्वाचन प्रयोजनका लागि देशभरका ६ हजार ७ सय ४३ वडा, ७ सय ५३ पालिका र ७ वटै प्रदेशमा निर्वाचन समितिहरु गठन गरिएको  श्रेष्ठले बताए ।

यस्तै आयोगले प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समिति बनाएर आफ्नो काम गरिरहेको छ । निर्वाचन समितिले समितिमा रहने सदस्यलाई तालिम तथा प्रशिक्षण दिएर देशभर खटाएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

आगामी पुस ११—१३ सम्म हुने राष्ट्रिय सम्मेलनको तीव्र तयारीमा भइरहेको र त्यसका लागि निर्वाचन नियमावली २०७८ र निर्वाचन आचारसंहिता २०७८ पनि पारित गरिएको श्रेष्ठले जानकारी दिए।

माओवादी केन्द्रले मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । यस्तै पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ। वडा देखि केन्द्रसम्मको निर्वाचन सम्पन्न भएपनि करिब ३ लाख कार्यकर्ताहरु विभिन्न तहमा निर्वाचित हुने र आठ हजारभन्दा धेरै समिति गठन हुने जानकारी पनि उक्त अवसरमा दिइएको थियाे ।

यस्तो छ निर्वाचन कार्यतालिका :

1)मंसिर १ गते पालिका/वडामा निर्वाचन समितिको कार्यालय स्थापना गर्ने
२)मंसिर २ गते १० बजे मतदाता नामावली प्रकाशित
३) मंसिर २ गते २ बजे दाबी बिरोध
४)मंसिर २ गते ५ बजे मतदाता नामावलीमा परेको दाबी बिरोधको सुचना प्रकाशन
५)मंसिर ३ गते १० बजे दाबी बिरोध माथि छानबिन र निणर्य
६) मंसिर ३ गते २ बजे अन्तिम मतदाता नामावली प्रकाशन
७) मंसिर ४ गते ११ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता
८) मंसिर ४ गते १२ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता सूचि प्रकाशन
९) मंसिर ४ गते १२:३० बजे उम्मेदवारको बिरोध उजुरी दिने।
१०) मंसिर ४ गते १२:४५ उम्मेदवारको बिरोधमा परेको उजुरीको सुचना
११) मंसिर ४ गते १ बजे उजुरी उपर छानविन र निणर्य
१२) मंसिर ४ गते १:१५ बजे उम्मेदवारको नामावली पुनः प्रकाशन
१३) मंसिर ४ गते १:३० उम्मेदवारको नाम फिर्ता
१४) मंसिर ४ गते २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन
१५) मंसिर ४ गते २:३०-४ बजे सम्म मतदान
१६) मङ्सिर ४ गते ४-५ बजे सम्म मतगणना
१७) मंसिर ४ गते ५:३० बजे प्रमाण पत्र प्रदान
१८) मंसिर ४ गते ६: बजे सपथ ग्रहण !

निर्बिरोध भएमा मंसिर ४ गते नै र मतदान गर्नु पर्ने भएमा मंसिर ५ गते निर्वाचन गर्ने गरि आफ्नो अनुकुलतामा निर्वाचन कार्यक्रम बदल्न समेत निर्वाचन समिति स्वायत्त रहने बताइएकाे छ ।

वि.सं.२०७८ मंसिर ४ शनिवार १०:०८ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...