back
CTIZAN AD

सांसद जिपछिरिङ लामाद्धारा मुगुका अग्निपीडितलाई सहयोग

वि.सं.२०७८ मंसिर ४ शनिवार

699 

shares

मुगु । दोलखाबाट निर्बाचित प्रतिनिधिसभाका सांसद जिपछिरिङ लामाले मुगुका अग्निपीडितलाई राहत स्वरुप १ लाख ५० हजार उपलब्ध गराएका छन् ।

उक्त आर्थिक सहयोग प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको रोबहरमा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस मुगु जिल्ला कार्यसमितिले पीडितहरुलाई बितरण गरेको हो ।

लामाले उपलब्ध गराएको राहत बितरण कार्यक्रममा कांग्रेस सभापति ऐनबहादुर शाही, उपसभापति कर्ण रावल, महासमिति प्रतिनिधि पदमबहादुर रावल, युवानेता पदमराज मल्ल, पत्रकार महासंघका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल लगायत ब्यक्तिहरुको उपस्थिति थियो ।

सांसद लामाले उपलब्ध गराएको १ लाख ५० हजार रुपैयाँ आगोले घर ध्वस्तभएका, घर वबाहलमा बस्ने र जलेका घरमा होटल पसल गरि बस्ने ब्यक्तिलाई उपलब्ध गराइएको कांग्रेस सभापति ऐनबहादुर शाहीले बताए ।

May be an image of 7 people, people sitting, people standing and road
सांसदले दिएको राहत बापतको रकम मुगु अग्निपीडितहरुलाई लाई थप राहत भएको सभापति शाहीको भनाई छ । हिमाली जिल्ला मुगुका अग्निपीडितको ब्यथा सम्झेर राहत उपलब्ध गराएका सभासद लामालाई सभापति शाहीले धन्यबाद दिएका थिए ।

बिहिबार नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको बैठकको निर्णयले मुगुका अग्निपीडितलाई सहयोग गर्न संघसंस्था सरकारी निकायका ब्यक्तिलाई अपिल गरिएको सभापति शाहीले बताए ।

अग्निपीडितलाई राहतको लागि नेपाली कांग्रेस मुगुले प्रदेश सरकार संघीय सरकार समक्ष पनि पहल गरेको छ ।

खाजा खटाएर राहत
गमगढीस्थित सिद्र्धाथ नेश्नल बोडिङमा अध्ययनरत छात्रा÷छात्राहरुले आफनो दुई दिनको खाजा कटाएर छुट्याएको १४ हजार ५ रुपैयाँ अग्निपीडितलाई प्रदान गरिएको छ । उक्त रकम पनि प्रमुख जिल्ला अधिकारी महतकै रोहबरमा पीडितलाई बितरण गरिएको छ । यहाँका अग्नि पीडितहरुलाई बिभिन्न निकाय संघ/संस्थाबाट राहत आउने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी गराए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही घटनास्थानमै पुगेर अनुगमन गरि राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय, रेडक्रस संघ संस्था लगायत बिभिन्न निकायबाट पीडितलाई कम्मल, कपडा, त्रिपाल, नगद जस्ता सहयोग हुन थालेका छन् ।
कार्तिक २९ गते राति तल्लो गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर ध्वस्त भएको र ३५ करोड ५५ लाख क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

 

वि.सं.२०७८ मंसिर ४ शनिवार ०७:५६ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...