रौतहट । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा महाधिवेशन राखेर एमालेले आफूलार्ई माया गरेको बताएका छन् ।
प्रदेश नं २ को रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखेर एमालेले प्रचारबाजी गरे पनि आफूलाई माया गरे जस्तो भएको बताएका हुन् । ‘उनले त्यहाँबाट आफू तत्काल चितवन जाने र एमालेको थप माया पाउने विश्वास समेत व्यक्त गरेका छन् ।
एमालेलाई लक्षित गर्दै प्रचण्डले थपे, ‘मैले त भन्ने गरेको छु, प्रचण्डलाई माया गरेका छन्, तर उनीहरु माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन्, तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।’ रौतहट पुगेर प्रचण्डले आउँदो चुनावमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी हुने दावी समेत गरेका छन् ।

वि.सं.२०७८ मंसिर ४ शनिवार १६:३० मा प्रकाशित






























