back
CTIZAN AD

कांग्रेस महाधिवेशनः चुनावी दौडमा अधिकांश युवा

वि.सं.२०७८ मंसिर ४ शनिवार

804 

shares

बलेवा, बाग्लुङ । नेपाली कांग्रेसको चालु महाधिवेशनको चुनावी दौडमा अधिकांश युवाहरु प्रतिस्पर्धा गर्दै छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागलुङमा प्रदेससभा क्षेत्रीय अधिवेशन भइरहेको छ । बागलुङका दुईवटा सङ्घीय निर्वाचन क्षेत्रका चार वटा प्रदेशसभा क्षेत्रीय अधिवेशनमा विभिन्न पदमध्ये अधिकांशमा युवाको उम्मेदवारी परेको छ ।

दुई समूह प्यानल बनाएर चुनावी मैदानमा होमिएकाले मतदानबाट नै नेतृत्व टुङ्गो लाग्ने निर्वाचन समितिले जनाएको छ ।

यही मङ्सिर ६ गतेका लागि तोकिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र १० गतेका लागि तोकिएको जिल्ला अधिवेशनको तयारी पनि तीव्र रुपमा भइरहेको छ ।

जिल्ला सभापतिमा महाधिवेशन प्रतिनिधि जित्नुपर्ने बाध्यात्मक वैधानिक व्यवस्था भएकाले उम्मेदवारको टुङ्गो हालसम्म लाग्न सकेको छैन ।

बागलुङका क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यमा युवाको वर्चश्व कायम हुने पक्कापक्की छ ।

दुई प्यानलमा विभाजन भएका कार्यकतामध्ये उम्मेदवारी दिने अधिकांश युवा छन् । पाको पुस्ताका केही नेता मात्रै महाधिवेशनको दौडमा छन् ।

“हामी युवा अब राजनीतिका लागि योग्य भयौँ र त उम्मेदवारी दिएका छौँ”, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका दिनेश सापकोटाले भने, “पार्टी पुनःनिर्माण आवश्यक छ, जसका लागि युवा नेतृत्व अपरिहार्य छ ।”

उनले पार्टी पुनःनिर्माण प्रस्ताव तथा प्रबुद्ध समाजवादको घोषणापत्र नै तयार गरेर पार्टीको महाधिवेशनमा लागेका छन् ।

नेपाल विद्यार्थी सङ्घका नेता तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदी अहिले पनि महाधिवेशन प्रतिनिधिको दौडमा छन् ।

युवाको नेतृत्व स्थापित गराउन लागि परेका सुवेदीले बागलुङका सबै वडामा युवालाई नेतृत्व पङ्क्तिमा ल्याउन सफल भएको दाबी गरे ।

“जिल्ला, प्रदेश र केन्द्रसम्म नै युवाको हातमा नेतृत्व ल्याउनका लागि अहिले प्रतिनिधि छनोटमा ध्यान पुर्याउनुपर्छ”, उनले भने, “हामीले प्यानलकै कुरा गर्दा पनि युवाको सहभागिता उत्साहजनक छ ।”

प्रदेश क्षेत्रीय सभापति, प्रदेश महाधिवेशन प्रतिनिधि र जिल्ला समितिको सदस्यका लागि धेरै युवाले आकाङ्क्षा देखाएका छन् ।

“५० प्रतिशतभन्दा धेरै युवा उम्मेदवार छन्, त्यो पनि ४० वर्ष नकटेका छन्”, नेविसङ्घका नेता तथा महाधिवेशन प्रतिनिधिका प्रत्यासी विष्णुप्रसाद शर्मा ‘दारी’ले भने, “समावेशीमा पनि युवा नै धेरै छन् ।” महाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षा राखेकामध्ये अधिकांश युवाले चुनाव जित्ने उनले दाबी गरे ।

बागलुङका दुई निर्वाचन क्षेत्र र चारवटै प्रदेश निर्वाचन क्षेत्रमा युवा उम्मेदवार रहेको उनले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म भएका वडा, पालिका र क्षेत्रीय निर्वाचनमा निर्वाचित हुने युवाको सङ्ख्या उल्लेख्य छ ।
रासस

वि.सं.२०७८ मंसिर ४ शनिवार १५:५८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...