back
CTIZAN AD

मकवानपुरमा एचआईभी सङ्क्रमण बढ्दो

वि.सं.२०७८ मंसिर ४ शनिवार

957 

shares

मकवानपुर । मकवानपुर जिल्लामा हाल एचआईभी सङ्क्रमितको सङ्ख्या ३९९ पुगेको एक तथ्याकङ्ले देखाएको छ ।

यसको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको हेटौँडा अस्पतालले जनाएको छ । प्रत्येक महिना ४– ५ एचआईभीका नयाँ सङ्क्रमित देखिने गरेको छ ।

उक्त अस्पतालका अनुसार जिल्लामा ती सङ्क्रमितमध्ये १४७ महिला, १४४ पुरुष र १८ तेश्रो लिङ्गी रहेको बताइएको छ । उनीहरुले उक्त अस्पतालबाट सङ्क्रमण विरुद्धको एआरटी औषधि नियमितरुपमा सेवन गरिरहेको जनाइएको छ ।

अस्पतालका एआरटी काउन्सुलर सुजल श्रेष्ठले जिल्लामा एचआईभी सङ्क्रमितको सङ्ख्या बढ्दै गरेको जानकारी दिँदै मकवानपुरका केही सङ्क्रमितका साथै अन्य जिल्लाका सङ्क्रमितले समेत एआरटी खाइरहेका बताए ।

सन् २०१२ देखि हालसम्म जिल्लामा ३२ जनाको एचआईभी सङ्क्रमणबाट मृत्यु भइसकेको छ । एचआईभी हुँदैमा एड्स नहुने र एचआईभी सङ्क्रमित धेरै वर्षसम्म स्वस्थ्य रहने भएकाले रोगलाई लुकाउन नहुने र समय समयमा उपचार गराउनु पर्ने उनको भनाइ छ ।

सङ्क्रमित भएको लामो समयसम्म उपचार नगराएमा पछि उपचार गर्न समस्या हुने र किटाणु वृद्धि भएर सङ्क्रमितको रोगसँग लड्ने क्षमता पनि कम हुने काउन्सुलर श्रेष्ठले बताउ ।

एचआईभी सङ्क्रमितमा लामो समयसम्म ज्वरो आउने, पसिना आउने, पखाला लाग्ने र अन्य कारणबाट समेत लामो समयसम्म सञ्चो नभए चिकित्सकसँग परामर्श गरी उपचार गराउनुपर्ने चिकित्सकको भनाइ थियो ।

असुरक्षित यौन सम्पर्क, सङ्क्रमितको रगत तथा सिरिन्जको प्रयोगले यो रोग सर्ने भएकाले त्यसबाट जोगिनुपर्ने बताइएको छ । सरकारले यस रोगका सम्बन्धमा समय समयमा चेतनामूलक कार्यक्रम गरिरहेकोले रोग लुकाउन नहुँनेमा काउन्सुलर श्रेष्ठले जोड दिए ।
रासस

वि.सं.२०७८ मंसिर ४ शनिवार १४:५४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...