back
CTIZAN AD

सडक दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

वि.सं.२०७८ मंसिर ४ शनिवार

828 

shares

सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१प०५८४ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटर साइकलमा सवार आशिष श्रेष्ठ गम्भीर घाइते भएको र उपचारका लागि उनलाई धुलीखेलतर्फ पठाइएको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए ।

बिहान ८ बजे सो घटना भएको प्रत्यक्षदर्शी दुर्गा श्रेष्ठले जानकारी दिए । ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार शव परीक्षणका लागि धुलिखेल लगिएको छ ।
रासस

वि.सं.२०७८ मंसिर ४ शनिवार १४:३८ मा प्रकाशित

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...