back
CTIZAN AD

रोल्पाको बडाचौर विमानस्थल खेलमैदानमा परिणत

वि.सं.२०७८ मंसिर ४ शनिवार

795 

shares

रोल्पा । सम्बन्धित निकायको बेवास्ताका कारण रोल्पाको बडाचौर विमानस्थल अलपत्र बनेको छ ।

संरक्षणमा सरकारी उदासिनताले विमानस्थल गौचरण खेल मैदानका रुपमा परिणत भएको हो । रोल्पाको लुङ्ग्री गाउँपालिका वडाचौरस्थित सो विमानस्थल राजनीतिक व्यवस्था फेरिएसँगै ओझेलमा परेको छ ।

विसं २०४६ सम्म सञ्चालनमा ल्याइएको सो विमानस्थल पछिल्लो समय ओझेलमा पर्दै गएको छ । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री बालाराम घर्तीमगरको पहलमा २०३६ सालदेखि सञ्चालनमा ल्याइएको सो विमानस्थलबाट काठमाडौँ, पोखराजस्ता शहरमा उडान हुने गर्दथ्यो ।

विसं २०४८ पछि उडान स्थगित भएको सो विमानस्थल २०५२ सालदेखि सुरु भएको सशस्त्रद्वन्द्वका बेला थप थला परेको स्थानीयवासीको भनाइ छ ।

तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्वका बेला विमानस्थलमा भएका संरचना भत्काएपछि यो ओझलमा परेको स्थानीयवासी अम्मरबहादुर थापाले बताए ।

विमानस्थल पुनःसञ्चालनका लागि नेतृत्व गर्दै आएका थापाका अनुसार आफूहरुलाई दमन गर्न सेनाले हेलिकप्टर ल्याण्ड गर्न प्रयोग गर्ने त्रासमा माओवादीले विमान स्थलभर बङ्कर खनेका थिए ।

रोल्पाको व्यापारिक नाका सुलिचौर बजारबाट करिब १० किलोमिटर दूरीमा रहेको सो विमानस्थललाई सरकारले बेवास्ता गर्दै आएको छ । विमानस्थल सञ्चालनका लागि पटक पटक सर्वदलीय र सर्वपक्षीयरुपमा सिंहदरबार पुगे पनि कसैले सुनेनन् स्थानीयवासी योगेन्द्र जिसीको भनाइ छ ।

उनले भने, “मन्त्रीदेखि प्रधानमन्त्री र शक्तिमा रहेका सबै नेताले गर्छौं भन्छन् तर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।” पटकपटकको दबाबले सामान्य घेराबारको काम भए पनि अहिलेसम्म सञ्चालनका लागि ठोस कार्य हुन नसकेको उनको गुनासो छ ।

रोल्पाको ऐतिहासिक एकमात्र विमानस्थल खेलमैदान र गौचरणमा परिणत भएकोमा स्थानीयवासी चिन्तित छन् । गौचरण र खेलमैदानमा रुपान्तरण भएसँगै यसको अस्तित्व समाप्त हुने देखिन्छ स्थानीयवासी मिलन रोकाको भनाइ छ ।

“गाईबाख्रा चराउनुका साथै फुटबल खेलका लागि विमानस्थल प्रयोग हुनु राम्रो होइन, यसको संरक्षणसँगै पुनःसञ्चालनमा जोड दिनुपर्छ”, उनले भने ।

पर्यटकीय दृष्टीकोणले वडाचौर विमानस्थल महत्वपूर्ण मानिन्छ । वडाचौरबाट महत्वपूर्ण धार्मिकस्थल जलजला, स्वर्गद्वारी र ढोरपाटन पर्यटकीय क्षेत्र नजिकको दूरीमा पर्दछन् ।

रोल्पाको युद्धपर्यटन प्रवद्र्धनमा समेत वडाचौर विमानस्थलले सहयोग गर्ने बताइन्छ । हाल जलजला, स्वर्गद्वारी र ढोरपाटन पुग्ने पर्यटक गाडी तथा पैदलमार्गबाट पुग्ने गरेका छन् ।

अप्ठ्यारो सडकमार्गका कारण उनीहरु असहज यात्रा गर्न बाध्य हुने गरेका छन् । विमानस्थल सञ्चालनले रोल्पा, प्यूठान, ढोरपाटन क्षेत्र र रुकुमपूर्वका जनतालाई समेत सहज हुने स्थानीयवासीको भनाइ छ ।
रासस

वि.सं.२०७८ मंसिर ४ शनिवार १३:५८ मा प्रकाशित

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको...

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...