back
CTIZAN AD

तनहुँका ८५ वडामा माओवादीको नयाँ नेतृत्व (नामावलीसहित)

वि.सं.२०७८ मंसिर ५ आइतवार

786 

shares

दमौली । नेकपा (माओवादी केन्द्र) तनहुँले जिल्लाका ८५ वटै वडामा अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ । शनिबार देशभर एकसाथ वडा अधिवेशन गरेको माओवादी केन्द्रले तनहुँका दश स्थानीय तहका ८५ वटै वडामा नयाँ नेतृत्व चयन गरेको हो ।

बन्दिपुर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा अमृत शाही, वडा नम्बर २ को अध्यक्षमा सुशील कुंवर, वडा नम्बर ३ को अध्यक्षमा श्याम नेपाली, वडा नम्बर ४ को अध्यक्षमा महावीर आले, वडा नम्बर ५ को अध्यक्षमा छविलाल घिमिरे र वडा नम्बर ६ को अध्यक्षमा ज्ञानेन्द्र गुरुङ चयन हुनुभएको छ । सबै वडामा २९ सदस्यीय कमिटी चयन गरिएको छ ।

त्यसैगरी शुक्लागण्डकी नगर कमिटीका १२ वटै वडामा नयाँ नेतृत्व चयन भएको शुक्लागण्डकी नगर कमिटी सचिव मनराज गुरुङले जानकारी दिनुभयो । वडा नम्बर १ को अध्यक्षमा धर्म नेपाली, वडा नम्बर २ को अध्यक्षमा शङ्कर पन्त, ३ को अध्यक्षमा दीपक सापकोटा, ४ को अध्यक्षमा ओमकुमार श्रेष्ठ, ५ को अध्यक्षमा मित्रबन्धु पौडेल, ६ को अध्यक्षमा पदमराज बराल, ७ को अध्यक्षमा मोतीराज गुरुङ, ८ को अध्यक्षमा चिरञ्जीवि सिग्देल, ९ को अध्यक्षमा पोसबहादुर विक, १० को अध्यक्षमा राजेन्द्र क्षेत्री भट्टराई, ११ को अध्यक्षमा नारायण सिग्देल र १२ को अध्यक्षमा पूर्णप्रसाद गुरुङ चयन भएका छन् ।

घिरिङ गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा गोविन्द सुनार, वडा नम्बर २ को अध्यक्षमा नहलसिं विक, वडा नम्बर ३ को अध्यक्षमा कृष्णराज राना, वडा नम्बर ४ को अध्यक्षमा जनक राना, वडा नम्बर ५ को अध्यक्षमा बमबहादुर विक चयन भएको माओवादी गण्डकी प्रदेश कमिटी सदस्य मदन आलेले जानकारी दिए ।

त्यस्तै आँबुखैरनी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा विष्णु अधिकारी, वडा नम्बर २ को अध्यक्षमा बासुदेव थापा, वडा नम्बर ३ को अध्यक्षमा विमलबाबु राना, वडा नम्बर ४ को अध्यक्षमा नेत्र मगर चयन भएका छन् ।

वि.सं.२०७८ मंसिर ५ आइतवार ०८:४६ मा प्रकाशित

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...