Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

टियूद्धारा परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएको सूचना जारी



काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएको सम्बन्धमा सूचना जारी गरेको छ ।

टियूद्धारा जारी सूचना अनुसार ३ वर्षे स्नातक तह तेस्रो र ४ वर्षे स्नातक तह चौथो बर्षको परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएका हो ।

यस्तो छ सूचना

३ वर्षे स्नातक तह तस्रो र ४ वर्षे स्नातक तह चौथो बर्षको परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएको सूचना

 

त्रिभुवन विश्वविद्यालय
 परीक्षा नियन्त्रण कार्यालय, बल्खु
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन हुने स्नातक तह चौथो बर्षको परीक्षा दिने व्यवस्थापन तथा शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित तथा आंशिक र ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिने शिक्षा शास्त्र संकाय तर्फका आंशिक परीक्षार्थी र मानविकी संकाय तर्फका नियमित,आंशिक तथा प्राइभेट परीक्षार्थीहरूको फारम भर्ने म्याद २०७८ साल मंसिर ०७ गते देखि २०७८ साल मंसिर १५ गते सम्म आ–आफ्नो क्याम्पसमा दोव्वर दस्तु  लिई परीक्षा आवेदन फारम भरी सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । क्याम्पसहरुलाई फारम इन्ट्री गर्न २०७८ साल मंसिर १६ गते सम्म कायम गरिएको व्यहोरा सम्वन्धित सवैलाई सूचित गरिन्छ र भौचर सम्वन्धित प.नि.का.मा वुझाउन सूचित गरिन्छ ।
परीक्षा नियन्त्रक


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा