काठमाडौं । नेपाल बार एसोसियशनमा आवद्ध कानुन व्यवसायीले आज देशैभरीका उच्च अदालतमा प्रदर्शन गर्ने भएका छन् ।
प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर जवराको राजीनामाको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएको बारले आज (बुधबार) देशैभरीका उच्च अदालतमा केन्द्रीय प्रतिनिधिको सहभागीतामा धर्ना कार्यक्रम गर्ने भएको हो ।
त्यसैगरी बिहीवार र नागरिक समाजको आयोजनामा दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने बताइएको छ ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंगलवारको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक समाजका अगुवा समेत उक्त मार्चपासमा सहभागी हुने जानकारी दिएका छन् ।
अध्यक्ष श्रेष्ठले बालुवाटारकै कारण जवरा बैकल्पिक बाटो प्रयोग गरेर सर्वोच्च छिरेको आरोप लगाउँदै त्यसैका लागि मार्चपास कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका छन् । file photo
वि.सं.२०७८ मंसिर ८ बुधवार ०९:४० मा प्रकाशित






























