back

अमेरिकामा गाडीको ठक्करबाट नेपाली महिलाको निधन

वि.सं.२०७८ मंसिर ८ बुधवार

132 

shares
NTC AD
Global IME AD

विजय थापा, अमेरिका । अमेरिकारको मेरिल्याण्डमा गाडीको ठक्करबाट नेपाली महिलाको निधन भएको छ ।
मेरील्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीको एक व्यस्त सडकमा काम गरेर फर्कने क्रममा गाडीले ठक्कर दिदा झापाकी वर्षा खड्का प्रसाईको मृत्यु भएको स्थानीय पत्रपत्रिकाले समाचार प्रकाशन गरेका छन् ।

श्रोतका अनुसार उनी पहिलोदिन वासिगटन डिसीमा काम गरेर फर्कने क्रममा उक्त घटना घटेको हो । नेपाल घर भै भर्खरै बिबाह गरेर अफगानी शरणार्थीहरुसँगै अफगानीस्तानबाट उनी अमेरिका पुगेको समाचारमा उल्लेखछ ।

उन्लाई मेरील्याण्डमा बस्ने घरवालाले डिसीमा काममा जाने तरीका र रेलमा चढने आदी सिकाएर समेत आएका थिए भने कामबाट फर्केको पहिलो दिन नै दुखद घटना भएको स्रोतले जनाएको छ । उन्का पति नेपालमै रहेको बताइएको छ ।

श्रोतका अनुसार पीडितका परिवारहरुले डिसी स्थित राजदूतावासमा पनि सम्पर्क गरि रहेको बुझिएको छ ।

दुर्घटना गत सोमबार राती ७ बजे तिर भएको र गाडी चलाउने चालकके खोजी भै रहेको प्रहरीले जनाएका छन ।

स्व प्रसाईको पार्थिव शरीर नेपाल पठाउनको लागि पारिवारिक सल्लाह भै नेपाली दुताबास तथा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले पहल गरिरहेको परिवारका सदस्य भर्जिनिया गेन्सभिलका सन्तोष प्रसाईले जानकारी दिएका छन् ।

वि.सं.२०७८ मंसिर ८ बुधवार ०९:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...