काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको ५० वर्षको उमेरमा निधन भएको छ ।
नशा सम्बन्धी समस्याको उपचार गराउँदै आएका शेर्पाको बुधवार बिहान ३ बजे निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
तीनवर्ष देखि नशा सम्बन्धी समस्याले पीडित हुँदै आएका शेर्पाले अमेरिका, चीन भारत लगायतका देशमा पुगेर उपचार गरेपनि उल्लेख्य सुधार नभएपछि नेपाल फर्किएका थिए ।
अमृत साइन्स क्याम्पसका पूर्वसभापति, नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव समेत रहेका शेर्पा नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत हुन् ।
अस्वस्थ रहेकै अवस्थामा शेर्पाले गत अक्टोबर ११ मा आफ्नो अवशानपछि शरिरका प्रत्योपरण गर्न सकिने अंगहरु सबै दान गर्न चाहेको समेत लेखेका थिए ।
‘मेरो अवसानपछि मेरो शरीरको प्रत्यारोपण गर्न सकिने अङ्गहरु सबै दान गर्न चाहेको जानकारी गराउन चाहन्छु । साथै मेरो उपचारमा प्रयोग भएको दुइटा भेनटिलेटर मेसिन र अन्य लाखौंको उपकरण पनि नेपाल बास्केटबल संघ मार्फत अभाव भएको हस्पिटलमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।’ उनले सामाजिक संजाल फेसबुकमा लेखेका थिए ।
वि.सं.२०७८ मंसिर ८ बुधवार ०९:०१ मा प्रकाशित






























