८ मंसिर, काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गतेदेखि वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।
लगानीकर्ताले बैंकको उक्त ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्र खरिदका लागि छिटोमा मंसिर २० गतेसम्ममा आवेदन दिनुपर्नेछ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
उक्त ऋणपत्रको अवधि ७ वर्ष रहनेछ।
वि.सं.२०७८ मंसिर ८ बुधवार ०८:५३ मा प्रकाशित





























