काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य राम प्रसाद बन्जाडेको सवारी दुर्घटनामा निधन भएको छ ।
रुपन्देही जिल्लाका इन्चार्ज समेत रहेका उनको गएराति रुपन्देशीको जितगढीमा बसको ठक्करबाट निधन भएको बताइएको छ ।
अखिल क्रान्तिकारीको महासचिव हुँदै माओवादी आन्दोलनमा शैन्य व्यूरो सदस्य र लजिस्टिक विभागका व्यवस्थापक समेत रहेका बन्जाडे जनयुद्धका क्रममा घाईते भएका नेता हुन् ।
गोर्खाको जौवारी प्रहरी चौकी आक्रमण गर्दा मरेर पनि बाँचेको भनिएका बन्जाडेको कानमा समस्या रहेको थियो ।
नेकपा माओवादी रुपन्देही स्रोतका अनुसार ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टी कार्यकर्ताहरुद्धारा उनको निधनका बारेमा थप अनुसन्धान गर्न माग उठेका छन् । नेकपा माओवादीका नेता तथा कार्यकर्ता एवं विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताबाट उनीप्रति श्रद्धान्जली व्यक्त गरिएका छन् ।
वि.सं.२०७८ मंसिर ८ बुधवार ०८:३८ मा प्रकाशित






























