८ मंसिर, काठमाडौँ । नेपाल बक्सिङ्ग संघको आयोजनामा मिति २०७८ कार्तिक २९ गतेदेखि मिति २०७८ मंसिर ०३ गतेसम्म काठमाण्डौंमा संचालन भएको “प्रकाश दाहाल स्मृति दोस्रो महिला तथा पुरुष राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता” मा नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले पुरुषतर्फ स्वर्ण पदक-८, रजत पदक-४ र कास्य पदक-३ तथा महिलातर्फ स्वर्ण पदक-४, रजत पदक-४ र कास्य पदक-२ गरी कुल जम्मा २५ पदकहरु प्राप्त गरी त्रिभुवन आर्मी क्लब पुरुष तथा महिला दुवैतर्फ टीम च्याम्पियन बन्न सफल भएका छन ।
उक्त प्रतियोगिताको फाईनल खेलमा नेपाली सेनाका खेलाडीहरुले देहाय बमोजिम नतिजा हासिल गरेका छन।
प्रथम तर्फ
५०० युरोसहित मेडल तथा प्रमाण-पत्र पुरुष
१. सुशिल थापा ४८ के.जी. स्वर्ण
२. प्रेम चौधरी ५४ के.जी. स्वर्ण पुरुष
३. दान बहादुर दर्लामी ७१ के.जी. स्वर्ण पुरुष
४. दिपेश लामा ७५ के.जी. स्वर्ण पुरुष
५. महेन्द्र के.सी. ८० के.जी. स्वर्ण पुरुष
६. अर्जुन सिंगु ८६ के.जी. स्वर्ण पुरुष
७. गणेश प्रधान ९२ के.जी. स्वर्ण पुरुष
८. आशिष दुवाडी ९२ के.जी. भन्दा माथि स्वर्ण पुरुष
९. ललिता श्रेष्ठ ५२ के.जी. स्वर्ण महिला
१०. मिनु गुरुङ्ग ५४ के.जी. स्वर्ण महिला
११. चन्द्रकला थापा ५७ के.जी. स्वर्ण महिला
१२. पुनम रावल ६३ के.जी. स्वर्ण महिला
द्वितीय तर्फ
३०० युरोसहित मेडल तथा प्रमाण-पत्र पुरुष
१३. सुभाष तामाङ्ग ५१ के.जी. रजत
१४. डोल बहादुर चौधरी ६३.५ के.जी. रजत पुरुष
१५. कृष्ण राज शाही ८० के.जी. रजत पुरुष
१६. मोहन राज जोशी ८६ के.जी. रजत पुरुष
१७. विमला श्रेष्ठ ५७ के.जी. रजत महिला
१८. निरु गुरुङ्ग ६० के.जी. रजत महिला
१९. संगिता दंगाल ६३ के.जी. रजत महिला
२०. सविना श्रेष्ठ ६६ के.जी. रजत महिला
तृतीय तर्फ
२०० युरोसहित मेडल तथा प्रमाण-पत्र पुरुष
२१. सुदिप श्रेष्ठ ५४ के.जी. कास्य
२२. पविन चौधरी ९२ के.जी. कास्य पुरुष
२३. श्याम खड्का ९२ के.जी. भन्दा माथि कास्य पुरुष
२४. आरती तामाङ ५२ के.जी. कास्य महिला
२५. भिमा कुमारी कटुवाल ६६ के.जी. कास्य महिला
वि.सं.२०७८ मंसिर ८ बुधवार ०८:१५ मा प्रकाशित






























