back
CTIZAN AD

मिरा राईलाई न्युयोर्कमा भब्य स्वागत तथा आर्थिक सहयोग

वि.सं.२०७३ फागुन २२ आइतवार

903 

shares

photo-samman-mira2न्यूयोर्क । नेशनल ज्योग्राफिद्वारा एडभेन्चर अफ द इयर २०१७ घोषित अल्ट्रा रनर मिरा राईलाई हालै न्यूयोर्कमा भब्य स्वागत गरिएकोछ ।
युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका सभापति बिष्णु राईको सभापतित्वमा सम्पन्न भएको उक्त स्वागत कार्यक्रमको आयोजक अन्य संस्थाहरुमा भोजपुर समाज अमेरिका र युएस नेपाल क्लाइम्बर एसोसिएसन रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कन्सुलेट कार्यालय न्यूयोर्कका कन्सुलर कृसु क्षेत्रीले मिरा राईलाई जिताउनका लागि युनाइटेड किरात राई अर्गनाइजेसनले न्युयोर्कमा आयोजना गरेको कार्यक्रमको सह्राना गर्दै त्यो सपना साकार भएको भन्दै खुसी व्यक्त गर्नु भयो । उहाँले आज पनि त्यहि सभापति त्यहि उद्घोषक र त्यहि प्रमुख अतिथिको भेट मिरा राईको उपस्थितिमा भएको भन्दै खुसी व्यक्त गर्नुभएको थिजयो ।
क्षेत्रीले मिरा राईले नेपालको झण्डा बिश्वमा उचालेर नेपालको पहिचान राखेको हुँदा उहालाइ नेपाल सरकारले केहि गर्नुै पर्छ भनेर खेलकुद मन्त्री संग अनुरोध गरेको बताउँदै त्यसको सकारात्मक प्रभावका कारण अहिले सरकारले तिस लाख रकम दिने घोषाना गरेकोमा खुसी व्यक्त गर्नु भयो ।
अल्ट्रा रनर मिरा राइले मेरो काम दगुर्ने हो म हिमाल पहाड जता पनि दौडन सक्छु तर बोल्न त्यति आउदैन बोल्दा गल्ति भए माफ दिनु होला भन्दै राईले भन्नु भयो “संसारको कुनामा जहा रहे पनि मलाइ भोट दिएर जिताउनु भो सबैलाई आभार ब्यक्त गर्दछु ।” राईले आफ्नो अमुल्य समय दिएर नेपाल लगायत युके, हंगकंग, अरब ,मलेशिया लगायतका देशहरुमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाइ अमेरिकाको राजधानी न्युयोर्कबाट हार्दिक धन्यवाद दिनु भयो ।

mira3
त्यस्तै सभापतिको आसनबाट बोल्दै सभापति बिष्णु राइले मिरा राई फाउण्डेशन खोल्न आव्हान गर्नु भयो । उक्त कार्यक्रममा भोजपुर समाज अमेरिका अध्यक्ष लिला राई, युएस नेपाल क्लाइम्बर एसोसिएसनका सल्लाहकार तथा पत्रकार ङ्ग छिरिङ्ग शेर्पा, नेपाली जनसम्पर्क समिति न्यु योर्कका महासचिव महेश मल्ल, जनसम्पर्क कै केन्द्रिय महासचिव मुनिन्द्र नेम्वाङ्ग, पानस अमेरिकाका अध्यक्ष रुद्र राउत, किरात खेलकुद संघका प्रतिनिधि अमेरिकी कराते रेफ्री पर्खि राई, एनआरएन न्युयोर्कका अध्यक्ष तेम्बा शेर्पा, किरात राई सोसाइटीका न्युयोर्क अध्यक्ष भारती राई, आदिवाशी जनजाति महिला महासंघ यु एस ए का अध्यक्ष संगिनी राना ,कनेक्टिकेट नेपाली समाजका अध्यक्ष जय राईले मिराको स्वागत तथा सम्मानमा आ–आफ्ना भनाइ राख्नु भएको थियो ।

photo-samman-mira
त्यस्तै युएस नेपाल क्लाइम्बर एसोसिएसनका सल््लाहकार भेनिशा ओबरायन, नेवा गुठी न्युयोर्कको रबिन बज्राचार्य ,युनाइटेड किरात राई अर्गनाइजेसन का न्युयोर्क चाप्टर सभापति केशब राम राई,अर्गनाइजेसन कै सल्लाहकार सुरेश चाम्लिङ्ग, युथ ग्रुपको तर्फबाट सुप्रिम राई, एड्वानको तर्फबाट बिष्णु माया परियार, ट्रेकिङ्ग एजेन्ट्स टानका एक्ज्युकेटिभ मेम्बर सरस्वति लामा, एन आर एन अमेरिकाका पूर्वसभापति शिब कुमार राईले पनि आफ्ना भनाइ राख्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य युनाइटेड किरात राई अर्गनाइजेसन न्यु इंग्ल्याण्ड सभापति मुक्ति नारायण राइले गर्नु भएको थियो भने सभाको संचालन प्रशान यलुङ्ग राइले गर्नु भएको थियोर मिरा राईलाई बिभिन्न संस्थाहरुले खादा ओढाई प्रशंशा पत्र दिइएको थियो भने युनाइटेड किरात राई अर्गनाइजेसनले एक हजार डलर, एनआरएन न्यु योर्कले एक हजार डलर र किरात खेलकुद संघका पर्खि राइद्धारा आएको दुइसय डलर नगद रकम हस्तान्तरण गरिएको थियो ।

वि.सं.२०७३ फागुन २२ आइतवार ०६:१८ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...