back

अध्यक्ष पद मेरो पोल्टाबाट खस्दैन: रामकृष्ण अधिकारी

वि.सं.२०७३ फागुन २२ आइतवार

171 

shares
NTC AD
Global IME AD

ram krishna adhikari

देशमा स्थानीय निर्वाचनको माहोल बढ्दै छ भनेर आम जनमासलाई जानकारी दिने आधिकारिक संस्थाका प्रतिनिधि अर्थात् पत्रकारहरुको निर्वाचनले अहिले माहोल तातेको छ । प्राय ः सबै जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने केही जिल्लामा बाँकी नै छ । देशकै मुटु अर्थात् काठमाण्डौंमा यही आउँदो चैत १ गते अधिवेशन हुँदैछ । त्यसको लागि विभिन्न पार्टीको संगठनमा क्रियाशिल पत्रकारहरुले उम्मेदवारी दिने घोषणा गरेका छन् । एमाले निकट प्रेस चौतारीले शान्तराम बिँडारीलाई उम्मेद्वारको रुपमा उभ्याइसकेको छ भने माओवादी केन्द्रले रामकृष्ण अधिकारीलाई उभ्याउने निर्णय गरेको छ । कांग्रेस निकट प्रेस युनियनको भने अहिले सम्म उम्मेद्वारीको टुंगो लागेको छैन । बिँडारी  र अधिकारी दुवै सक्रिय पत्रकार हुन् । अधिकारी नयाँ पत्रिका दैनिकमा काम गर्छन् भने सुवेदी दामन पोष्ट साप्ताहिकमा काम गर्छन् । दुवै उम्मेदवारले आफूले जित्ने दावी गर्दै आएका छन् । कसले मार्नुहुन्छ त अध्यक्षमा बाजी भनेर हामीले रामकृष्ण अधिकारीलाई सोध्दा उनी भन्छन्

अध्यक्ष पद मेरो पोल्टाबाट खस्दैन
म यो भन्दा अगाडीको कार्यकालको सचिव हुँ । रोलक्रमले हेर्ने हो भने पालो मेरै हो । मलाई विश्वास पनि छ मैले जित्छु भन्नेमा । किनकी म सचिव पदमा रहेर काम गर्दा कहिले पनि पनि राजनीतिलाई पेशा बनाइन । मेरो मूल बाटो भनेको नै पत्रकारिता हो । म हिजो हकरवाट पत्रकारिता क्षेत्रमा पाइला टेकेको व्यक्ति पनि हुँ । दुख–मेहनत गरेर आज यंहासम्म आईपुगेको छु । मेरो भविश्य पनि अब मैले यसैमा खोज्न तयार भएर हिडेको छु । पत्रकारिता वाहेक मेरो नसामा अरु कुनै अर्काे रगत वग्न–वगाउने कल्पना समेत गर्न सक्दिन । यो कुरा साथीहरुले पनि बुझ्नु भएको र बुझ्नु हुनेछ भन्ने लाग्छ । त्यसैले म ढुक्क छु अध्यक्ष पद मेरो पोल्टाबाट खस्न पाउँदैन ।

नारा भन्दा कामलाई मैले प्राथमितामा राखेको छु
अरु साथीहरुले अनावश्यक नारा लिएर प्रचार गरिरहनु भएको छ । मैले त्यस्तो कुनै नारा बनाएको छैन । किनकी म नारा होइन काम गरेर देखाउनु पर्छ भन्ने मान्यताको मान्छे हुँ । मैले धेरै ठूलो सपना पनि देखेको छैन । किनकी हामीले गर्न सक्ने सपना देख्नु पर्छ र देखाउनु पर्छ भन्ने मेरो भावना हो । यदि मैले जितेँ भने मेरै कार्यकालमा महासंघको भवन चाँही जसरी पनि बनाउनेछु । महासंघमा नै आएर पत्रकारहरुले आफ्नो समाचार पठाउने, लेख्ने, अनलाइन अपडेट हुने अवस्थाको सिर्जना म महासंघमा सुरुआत गराउने छु । केही थान कम्युटर र नेटको ब्यवस्थापन गरेर प्रविधि मैत्री महासंघ वनाउने मेरो योजना रहेको छ । यो काम म निर्वाचित भएको ६ महिनाभित्र पूरा गर्न सक्छु ।

म पत्रकार हुँ राजनीतिक होइन स्वतन्त्र ढंगले काम गर्छु
महासंघ सवै पत्रकारहरुको साझा संस्था भएकोले त्यो साझा संस्थालाई अव हामीले वचाउन सक्ने – नसक्ने चुनौति हाम्रा सामु टडकारो रुपमा आएको छ । तीन वर्ष सचिवका रुपमा काम गर्दा मैले कहिल्यै राजनीतिक गन्ध महासंघमा पर्न दिइन । म दावीका साथ भन्न सक्छु मैले तेरो मेरोको भावना कहिले पनि मन भित्र राखिन ।

जसरी समाचार कक्ष निश्पक्ष हुनुपर्छ भन्ने मान्यता संसारभर कायम छ, त्यसरी नै महासंघ जस्तो संस्था राजनीतिक हस्तक्षेप मुक्त बनाउन सकिन्छ भन्नेमा म पूर्ण दृढ छु । यसमा सम्पूर्ण श्रमजीवी पत्रकारको साथ रहन्छ भन्ने मेरो विश्वास छ । मैले साझा सस्थाकै रुपमा महासंघलाई अगाडी लैजान भूमिका खेलेको छु । यसर्थ पनि म महासंघमा स्वतन्त्र ढंगले काम गर्न सक्छु भन्ने दावा साथ भन्न सक्छु ।

पार्षदका लागि संख्या पुर्याउने नाममा हुने गैह राजनीतिक खेल वन्द हुनुपर्छ
सदस्यताका सन्र्दभमा महासंघको केही प्राक्टिस गलत रहेछन भन्ने हो । पहिलो त हामीले महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचित वनाउन सक्नुपर्ने रहेछ । हाम्रो विधानमै केही कमजोरी छ । हामीले प्रत्यक्ष निर्वाचित नेतृत्व वनाउन सक्यौं भने पार्षदका लागि संख्या पुर्याउने नाममा हुने गैह राजनीतिक खेल वन्द हुदै जानेछन् । त्यसवाट महासंघको सदस्यता शुद्धिकरणमा वल पुग्छ ।
सदस्यता लिन विधानले पत्रकारहरुका लागि कहिल्यै ढोका वन्द गरेको छैन । तर हामी पत्रकारलाई सदस्यता वितरण चुनावको मुखमा आएर मात्र गछौं । यो ट्रेन गलत रहेछ । चुनावी वर्षमा वरु हामीले सदस्यता दिनै वन्द गरिदिनु पर्छ । एउटा निर्वाचित कार्यसमितिको ३ वर्षको कार्यकाल छ भने अघिल्ला दुई वर्ष सदस्यता दिन सकिन्छ ।
महासंघले सदस्यताका लागि आवेदन गर्दा वुझाउनु पर्ने डकुमेन्टस्हरुमा पनि केही फेरवदल गर्न आवश्यक छ । बाईलाइन पुर्याउने नाममा आवदेन दिदा पत्रिकामा त्यत्तिकै फेक नाम राखेर ल्याउने जब्बर ट्रेन हामी कहा देखिएको छ । तर त्यही डेटमा प्रेस काउन्सिलमा दर्ता गरेको पत्रिका हे¥यौं भने ९० प्रतिशत फर्जी नाममा आवेदन दिएको भेटिने सम्भावना छ ।

यसले गर्दा केही निश्चित विधि, प्रक्रिया वनाउने र त्यसलाई कडाईका साथ कार्यान्वयन गरेर जान सकिएमा मात्र महासंघको सदस्यता सुद्धिकरण होला । विवादमुक्त रुपमा वास्तविक पत्रकारले मात्र सदस्यता पाउन सक्लान् १ अव त्यस तर्फ पनि नेतृत्वले सोच्नु पर्छ ।
महासंघको गरिमालाई उचो राख्नु मेरो शिर उँचो हुुनु हो
म महासंघमा केही गरौं, भनेर आएको हु । मेरो आफनो व्यक्तिगत स्वार्थ केही पनि छैन । यसको गरिमालाई उच्च राख्न पाउनु नै मेरो आफनो इज्जतसँग पनि जोडिने विषय हो भन्ने म ठान्छु । राजनीतिक आस्था, पूर्वाग्रहका आधारमा भन्दा पनि व्यवसायिकता, मर्यादित महासंघको अवधारणमा महासंघलाई वदल्न र सबै रुपान्तरणको दिशामा लैजानका लागि एक पटक मलाई मतदान गर्नै साथीहरुलाई अनुरोध गर्दछु । साथीहरुको अमूल्य मतवाट निर्वाचित भईसकेपछि मैले गर्ने काम भनेको साथीहरुको इज्जतसँग पनि जोडिएको विषय हुन जानेछ ।

वि.सं.२०७३ फागुन २२ आइतवार १०:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मुलुक र जनता अप्ठेरोमा परेका बेला राजनीतिक दल एकढिक्का हुन्छन् भन्ने पुष्टि भइसकेको छ– विमला सुवेदी

मुलुक र जनता अप्ठेरोमा परेका बेला राजनीतिक दल एकढिक्का हुन्छन् भन्ने पुष्टि भइसकेको छ– विमला सुवेदी

काठमाडौँ । पछिल्लो समय देशमा राजनीतिक उतारचढावसँगै सरकार परिवर्तन पनि...

नातिपुस्तासँगै रिपोटिङमा दौडिन्छन् असीवर्षे पत्रकार गोविन्दचन्द छेत्री

नातिपुस्तासँगै रिपोटिङमा दौडिन्छन् असीवर्षे पत्रकार गोविन्दचन्द छेत्री

चन्द्रकला भण्डारी, झापा । काम गर्ने जोस र इच्छाशक्ति हुनेलाई...

११ महिना कृषिमन्त्री हुँदा एउटा नियमावली पारित गर्न सकिनँ–सांसद डा. भुसाल

११ महिना कृषिमन्त्री हुँदा एउटा नियमावली पारित गर्न सकिनँ–सांसद डा. भुसाल

काठमाडौँ । मुलुकका लागि अत्यावश्यक पर्ने विधि, ऐन, कानुन निर्माण...