१८ मंसिर, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ग्राहकलाई स्वास्थ्योपचारमा छुट दिन आइएसओएन हेल्थकेयरसँग सम्झौता गरेको छ ।
ग्राहक र कार्ड होल्डरहरूले आइएसओएन हेल्थकेयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई र टर्कीसहित अन्य देशमा स्वास्थ्योपचार गराउँदा ७ प्रतिशतसम्म छुट पाउने एभरेष्ट बैंकले दाबी गरेको छ । उक्त सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइ एस ओ एनका अध्यक्ष विवेक गुप्ताले हस्ताक्षर गरेका थिए ।
एभरेष्ट बैंकले देशभर १०५ वटा शाखा, प्रादेशिक कार्यालय र १३८ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
वि.सं.२०७८ मंसिर १८ शनिवार १०:०६ मा प्रकाशित





























