बैतडी । दशदिन अघिमात्र प्रेम विवाह गरेका नवविवाहित जोडीको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।
बैतडीको पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जीप सोमबार साँझ पाटन नगरपािलका १ सकार खोलामा दुर्घटना हुँदा नवविवाहित जोडीसहित ५ जनाको मृत्यु भएको हो ।
पाटन ७ कैलपालकी २० वर्षीया मनीषा विक र २४ वर्षीय प्रेम चुनाराले १० दिनअघि मात्र विवाह गरेका थिए । विवाहपछि श्रीमानसहित माइत जाँदै गरेकी मनिषाका दम्पतीको माइतीघर नपुग्दै जीप दुर्घटनामा ज्यान गएको छ ।
उक्त दुर्घटनामा नवविवाहित विक जोडिसहित पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई, सोहि ठाउँकी ७२ वर्षीया रमा भट्टराईको सोमबारै अस्पतालले मृत घोषणा गरेको थियो भने गम्भीर घाईते भएकी पाटन नगरपालिका १ की ४० वर्षीया जानकी भट्टराईको पनि पाटन स्वास्थ्यकेन्द्रमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन् ।
वि.सं.२०७८ मंसिर २१ मंगलवार ०८:३७ मा प्रकाशित





























