काठमाडौं । राजधानीबाट मंगलवारका प्रकाशित हुने पत्रपत्रिकामा विभिन्न संस्थाले रोजगारीको अवसरसहितको सूचना प्रकाशित गरेका छन् ।
आजको अन्नपूर्णपोष्टमा प्रकाशित सूचना अनुसार बेनिघाट रोराङ गाउँपालिका वडा नं २ धादिङमा निर्माण हुन लागेको ह्वासिन सिमेन्ट नारायणी प्रालिले विभिन्न क्षेत्रमा १२ जना कर्मचारीको माग गरेको छ ।
त्यसैगरी लमजुङ भुलभुलेमा निर्माण हुन गइरहेको ५० मेगावाट क्षमताको सिनो हाइड्रो सगरमाथा पावर कम्पनी प्रा.लि अन्तर्गत रहेको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाका लागि विभिन्न योग्यता भएका १२ कर्मचारीको माग गरेको हो ।


त्यस्तै आजको कान्तिपुर दैनिकमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले कन्सल्टेन्ट रेडियोलोजिस्ट र एनेस्थेसियोलोजीष्टको माग गरेको छ ।

सोहि पत्रिकामा ललितपुर र काठमाडौंका विभिन्न ठाउँमा कार्यालय रहेको सप्तदीप बचत तथा ऋण सहकारी संस्थाले बजार अधिकृत, बजार सुपरभाइजर, एकाउन्टेन, क्यासियर, रिसेप्सनिष्ट र बजार प्रतिनिधि गरेर ४४ जना कर्मचारीको माग गरेको छ ।

वि.सं.२०७८ मंसिर २१ मंगलवार ०९:१५ मा प्रकाशित





























