back
CTIZAN AD

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

वि.सं.२०८२ चैत १५ आइतवार

1.6K 

shares

काठमाडाैँ । नवलपुरको देवचुली नगरपालिकामा कक्षा ८ को नगरस्तरीय परीक्षाअन्तर्गत विज्ञान विषयको प्रश्नपत्र समयअगावै बाहिरिएपछि उक्त विषयको परीक्षा पुनः गरिने भएको छ। घटनापछि सम्बन्धित निकायले परीक्षा रद्द गरी नयाँ मिति तोकेको हो।

उक्त परीक्षा सञ्चालन भइरहँदा केन्द्रको जिम्मेवारी सम्हालेका व्यक्तिबाटै प्रश्नपत्रको तस्बिर खिची विद्यालयभित्रैका शिक्षकमार्फत केही विद्यार्थीसम्म पुर्‍याइएको तथ्य खुलेको बताइएको छ। यस विषयमा अन्य विद्यालयहरूले आपत्ति जनाएपछि नगरपालिका परीक्षा पुनः गराउने निष्कर्षमा पुगेको हो।

देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले घटनामा संलग्न व्यक्तिमाथि आवश्यक छानबिन गरी प्रश्नपत्र लिक गर्ने शिक्षकलाइ प्रचलित नियमअनुसार बिभागिय कार्बाही गरिने बताएका छ्न । विद्यालय प्रशासनले समेत यस्तो घटना हुनु दुःखद भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता कमजोरी नदोहोरिने प्रतिबद्धता जनाएको छ।

यस घटनाका कारण एकपटक परीक्षा दिइसकेका विद्यार्थीहरू पुनः परीक्षा दिन बाध्य भएका छन्। सरोकारवालाहरूले यसले विद्यार्थीमा मानसिक दबाब बढ्न सक्ने र उनीहरूको तयारीमा असर पर्ने बताएका छन्। बालबालिकामैत्री परीक्षा वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ।

देवचुली नगरपालिकामा यस वर्ष कक्षा ८ को परीक्षामा एक हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन्।

वि.सं.२०८२ चैत १५ आइतवार ११:३९ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...