आयरल्याण्ड । नेपाली जनप्रगतिशील मन्च आयरल्याण्डका प्रथम अधिबेशनले शुकमान लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उक्त अधिबेशनले मन्चको उपाध्यक्षमा मधु पाठक, सचिबमा रमाकान्त चौधरी, कोषाध्यक्षमा दुर्गा प्रसाद सुबेदी र सदस्यहरुमा ओम कला थापा, भवानी चौधरी, सिर्जना लामा, पदम कुमारी क्षेत्री र रवि बोगटीलाई चयन गरेको छ ।
त्यसैगरी मन्चले बुद्ध लामा, दलराम तामाङ, बल बहादुर क्षेत्री, काजी मान श्रेष्ठ र प्रेम प्रसाद घले रहेको पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।
अनलाइनमार्फत् गरिएको मन्चको अधिवेशन निर्वाचन संयोजक सुरेन्द्र नेपाल श्रेष्ठ र नेपाली जनप्रगतिशील मञ्च युरोपका सचिब रण बहादुर खाती क्षेत्री लगायतको विशेष सम्पन्न गरिएको थियो ।
वि.सं.२०७८ मंसिर २१ मंगलवार ०८:१२ मा प्रकाशित


























