Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

सैन्यविद्हरूलाई पार्टीमा ‘पूर्ण निष्ठा’ का साथ काम गर्न उत्तर कोरियाली सर्वोच्च नेता किमको आग्रह



प्योङयाङ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका शीर्ष नेता किम जोङ उनले सैन्यविद्हरूलाई सत्तारुढ मजदुर पार्टी अफ कोरिया (डब्लुपीके)लाई ‘पूर्ण निष्ठा’का साथ काम गर्न आह्वान गरेको कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले मङ्गलबार जनाएको छ ।

किमले शनिबार र आइतबार प्योङयाङमा सम्पन्न कोरियाली जनसेना (केपीए) का विज्ञहरूको आठौँ भेलामा उक्त भनाई राखेका हुन् ।

उत्तर कोरियाली सत्ताधारी दल ‘वर्कस पार्टी अफ कोरिया (डब्ल्यूपीके)’ का महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष किमले पार्टीको विचार र नेतृत्वप्रति अथाह निष्ठावान् हुन र सैन्य शिक्षालाई व्यवस्थित र उपलब्ध गराउन सबै सैनिक शिक्षाविद्हरूलाई तयार गर्नुपर्नेमा जोड दिएका हुन् । यो कोरियाली शैन्यविद्लाई लक्षित पार्टी विचार, नीति र पद्धतिप्रति इमान्दार बन्न दिइएको कडा निर्देशन हो ।

रिपोर्टअनुसार सैन्यविद्हरू आफ्नो महान कार्य र कर्तव्यबारे गम्भीररूपमा चनाखो रहनु पर्नेमा सर्वोच्च नेताले जोड दिए । सप्ताहन्तको सम्मेलनमा सैन्य जनशक्ति, केपीएको जनरल पोलिटब्युरोका वरिष्ठ अधिकारीहरू र जनरल स्टाफ तथा अन्य सम्बन्धित अधिकारीहरू उपस्थित रहेका केसीएनएले बताएको छ । सिन्ह्वा

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी