काठमाडौं । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिबेशनबाट पार्टी केन्द्रीय सदस्यमा १३७ नयाँ अनुहार थपिएका छन् ।
दसौं राष्ट्रिय महाधिबेशनले निर्वाचित गरेको ३१० सदस्यीय केन्द्रीय कमिटीमा झापादेखि कन्चनपुरसम्म १३७ जना नयाँ अनुहार थपिएका हुन् ।
एमालेको केन्द्रीय कार्यालयको तथ्यांक अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ४६ प्रतिशत नयाँ अनुहार थपिएका हुन् । उनीहरुमा बढी महिला रहेको कार्यालयले जनाएको छ ।
यी हुन् १३७ नयाँ अनुहार
एमालेको केन्द्रीय कार्यालयको तथ्यांक अनुसार १३७ नयाँ सदस्यहरुमा अजयक्रान्ति शाक्य, काठमाडौं, अफिलाल ओखेडा, बझाङ, अमृता सुब्बा, सुनसरी, अम्बिका थापा, उदयपुर, अरविन्दकुमार सिंह, पर्सा, इन्दु कडेरिया, कञ्चनपुर, इन्द्रलाल सापकोटा, बाग्लुङ, ईश्वरी घर्ती मगर, रोल्पा, उपेन्द्र साह, रौतहट, उर्मिला थेवे, ताप्लेजुङ, उषाकला राई, खोटाङ, उषाकिरण तिम्सेना, नुवाकोट, कमल गौतम, रुपन्देही, कमलाकुमारी ओली, कैलाली, कल्पनाकुमारी कटुवाल, सर्लाही, कल्पना थापा, लमजुङ, किरण पौडेल, नवलपरासी, किशोरविक्रम मल्ल, स्याङ्जा, कुन्दनप्रसाद कुसवाहा, रौतहट, कुमार दसौदी, रोल्पा, कमला बोहरा, कञ्चनपुर, केशव स्थापित, काठमाडौं कोमल ओली, दाङ, कृपाराम राना, कञ्चनपुर, कृष्णबहादुर थापा, कास्की, कृष्णप्रसाद दाहाल, मकवानपुर, कृष्णप्रसाद पौडेल, नवलपुर, खड्कबहादुर खड्का, बर्दिया, गंगा चौधरी सतगौवा, दाङ, गीता अधिकारी, झापा, गोमा आचार्य (गुमा), रुपन्देही, गोविन्द थापा, झापा, घनश्याम पाण्डे, दाङ, चेतनारायण आचार्य, अर्घाखाँची, जगन्नाथ थपलिया, चितवन, जंगबहादुर नेपाली, गुल्मी, जमिन्द्रमान घले, लमजुङ, जानुका सिंखडा, धादिङ, जुनेलीमाया श्रेष्ठ, मकवानपुर, जितु गौतम, झापा, टसी स्हाङ्मो गुरुङसेनी, मुस्ताङ, टुकराज सिग्देल, तनहुँ, टुका हमाल, लमजुङ, डम्बरबहादुर सिंह, जाजरकोट, तारादेवी राई, मोरङ, तीर्था गौतम, रुकुम पश्चिम, तुलसाकुमारी दाहाल, धनुषा, दल रावल, हुम्ला दयालबहादुर शाही, बाजुरा र दक्षिणा शाही, कालिकोट रहेका छन् ।
त्यसैगरी दीपा शर्मा, बाँके, दिवाकर देवकोटा, सप्तरी, नगीन्द्र शाही (नेशनल), कालिकोट, नरदेवी पुन मगर, म्याग्दी, नरबहादुर धामी, कञ्चनपुरनरेन्द्रकुमार श्रेष्ठ, मोरङ, नवराज रावत, सुर्खेत, नवीना लामा, काभ्रे, निर्मलकुमार भट्टराई, भक्तपुर, निरकुमारी कुँवर (निरु दर्लामी), सिन्धुली, पठानसिंह बोहरा, डडेल्धुरा, परशुराम अधिकारी, भोजपुर, पशुपति दयाल मिश्र, बाँके, पार्वती रावल, चितवन, प्रतीक्षा तिवारी, धनुषा, प्रभा बराल, चितवन, प्रभु हजरा दुसाध, पर्सा, पेम्बा लामा, काठमाडौं, बदमी क्वारा बुढा (बोहोरा), डोल्पा, बलराम अधिकारी, कपिलवस्तु, बालकृष्ण ढुंगेल, ओखलढुंगा, बालिका गिरी, चितवन, बाबुराम थापा, ललितपुर, विमला दाहाल घिमिरे, मोरङ, बुधनीदेवी महतो, महोत्तरी, भगवती न्यौपाने, तनहुँ, भारती पाठक, मकवानपुर, मञ्जुकुमारी थापा मगर, बारा, मञ्जु भण्डारी, सुनसरी, मीना उप्रेती, झापा, मीनाकुमारी गुरुङ, कास्की, मीना सिंह रखाल, दैलेख, मेनका पोखरेल, दाङ, मेनुका काफ्ले, झापा, मैनाकुमारी भण्डारी, गुल्मी, मोतीलाल दुगड, मोरङ, मोहनमाया ढकाल (भण्डारी), सुर्खेत, मोहम्मद समीर, बारा, रञ्जना सरकार, सर्लाही, रमेश बडाल, काठमाडौं, राजकुमारप्रसाद गुप्ता, पर्सा,, राजकुमार लेखी, सप्तरी, राजीव पहारी, कास्की, राजेन्द्रकुमार राई, धनकुटा, राम राना, इलाम, रामप्रीत राम, सिराहा, रामलाल साह, मोरङ, रितादेवी साह, सर्लाही, रेखाकुमारी झा, रौतहट र रोमनाथ ओली, झापा पनि नयाँ सदस्य रहेका छन् ।
यसैगरी लक्ष्मी गौतम, सुनसरी, लीलाधर भट्ट, बैतडी, विद्या भट्टराई, कास्की, विद्यासुन्दर शाक्य, काठमाडौं, विना राई, धनकुटा, विन्दा ढुंगाना, नुवाकोट, विष्णुमाया विक, तेह्रथुम, शर्मिला कार्की, काठमाडौं, शान्तिदेवी ढकाल, बाँके, शिला यादव, धनुषा, शिवकुमारी गोतामे (साकी), चितवन, शिवराज सुवेदी, रुपन्देही, शोभा ज्ञवाली, बर्दिया, श्रीप्रसाद जबेगू, पाँचथर, शकुन्तला बस्नेत, धनकुटा, सन्तोष शर्मा थापा, कैलाली, सरस्वती बस्नेत, दोलखा, सरिता खनाल (भुसाल), परासी, सरिता न्यौपाने, काठमाडौं, सरिताकुमारी गिरी (यादव), सप्तरी, सरेश नेपाल, सिन्धुपाल्चोक, सविता रसाइली, तनहुँ जीवकुमार झा (सुरज), धनुषा, सम्झना देवकोटा, गोरखा, सजिदा खातुन सिद्दीकी, दाङ, सावित्रा अर्याल, रुपन्देही, सावित्रा राना, बाग्लुङ, सीता न्यौपाने, दाङ, सीता लामा, काठमाडौं, सीताकुमारी क्षेत्री, स्याङ्जा, सिर्जना काफ्ले, पाल्पा, सीपी घर्ती (चन्द्रप्रकाश), जाजरकोट, सुनीता बराल, झापा,सुशीलकुमार श्रीवास्तव, कपिलवस्तु, सूर्यकुमारी श्रेष्ठ, दैलेख, सूर्य ढकाल, बाँके र हरि रिजाल, प्युठान पनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।
एमालेको दसौं राष्ट्रिय महाधिबेशनले पुनः केपी शर्मा ओलीकै अध्यक्षतामा नयाँ ३१० सदस्यीय केन्द्रीय कमिट चयन गरेको हो । जसमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, १ महासचिव, ६ उपाधयक्ष, ३ उपमहासचिव, ७ सचिव गरी १९ केन्द्रीय पदाधिकारी रहेका छन् ।
वि.सं.२०७८ मंसिर २२ बुधवार ०९:०२ मा प्रकाशित




























