back
CTIZAN AD

अब नेपाली उत्पादनमा ‘स्वदेशी’ लोगो

वि.सं.२०७८ मंसिर २२ बुधवार

1.5K 

shares

 काठमाडौं । नेपाल उद्योग परिसंघले अहिले मेकइन नेपाल स्वदेशी अभियान सञ्चालन गरेको छ । अहिलेसम्म सो अभियानमा ४० वटा उद्योग तथा कम्पनीहरु जोडिएका छन् । मेकइन नेपाल स्वदेशी अभियानमा जोडिएर सदस्य बनेका उद्योग तथा कम्पनीहरुद्वारा उत्पादन हुने वस्तुहरुमा सिएनआइको स्वदेशी अभियानको लागो राख्ने जनाइएको छ ।

स्वदेशी अभियानमा अहिलेसम्म हुलास स्टिल, गोर्खा इको प्यानल, सेन्चुरी मसला, हिलटेक इन्ड्रस्ट्रिज, डिजिटल वालेट खल्ती, गोल्डस्टार जुत्ता, शिवम सिमेन्ट, घोराही सिमेन्ट, आदि कम्पनी तथा उद्योगहरु जोडिएका छन् । उक्त कम्पनीहरु अभियानको सदस्यको रुपमा जोडिएका हुन् ।

अभियानमा स्वदेशी वस्तुको उत्पादन गर्ने मापदण्ड पुरा गरेका कम्पनीहरु मध्ये जो सुकैले आवेदन दिन सक्छन्, आवेदकहरुमध्ये स्वदेशी मुल्यांकन समितिले मुल्यांकन गरी मापदण्ड पुरा गरेका उद्योग तथा कम्पनीहरुलाई अनुमोदन गरि प्रकृया अगाडि बढाउने प्रावधान बनाइएको छ । मापदण्ड पुरा गरेका उद्योग तथा कम्पनीहरुलाई अनलाइनमार्फत नै अनुमोदन प्रकृया अगाडि बढाउने गरिएको परिसंघका अध्यक्ष विष्णु प्रसाद अग्रवालले सञ्चार माध्यमलाई बताए । अध्यक्ष अग्रवालका अनुसार स्वदेशी वस्तुका उत्पादकहरुले अनलाइनमार्फत नै आवेदन गर्न सक्छन् । जसको लागि स्वदेशी डटकम डट एनपी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको छ । आवेदकहरु मध्ये योग्य आवेदकलाई अनलाइन मार्फत नै स्वदेशी लोगो प्रयोग गर्ने अनुमति दिने व्यवस्था गरिएको छ ।

‘स्वदेशी’ लोगोले उत्पादन र निर्यातमा प्रोत्साहन
स्वदेशी लोगोले स्वदेशी सामाग्रीको उत्पादन र निर्यातलाई वृद्धि गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । अध्यक्ष अग्रवालका अनुसार अभियानले नेपालको अर्थतन्त्रलाई विकास गर्नको लागि सघाउ पु¥याउने छ । अभियानले वार्षिक १ लाख ५० हजार रोजगार सिर्जन गर्ने र १ हजार उद्योग वार्षिक दर्ता गर्ने वातावरण बनाउने अध्यक्ष अग्रवालको भनाई रहेको छ । स्वदेश तथा विश्वमा छरिएर रहेका नेपालीहरुले स्वदेशी उत्पादनलाई माया गरेर मागलाई बढाउने अपेक्षा गरिएको छ । जसका कारण उत्पादन, निर्यात र रोजगारी पनि स्वभाविक रुपमा वृद्धि हुनेछ ।

‘मेक इन नेपाल–स्वदेशी’ अभियानमा उत्पादन तथा उपभोगतर्फ ७ वटा लक्ष्यहरु निर्धारण गरिएको छ । पहिलो चरणमा नेपाली उद्योग तथा व्यवसायाको लागि अनुकुलन वातवारण सिर्जन गर्ने अभियान सञ्चालन गरिनेछ । जस अन्तर्गत ५ वर्षभित्रमा डुइङ बिजनेस इन्डेक्समा ३० अंकको सुधार गर्ने लक्ष्य तय गरिएको छ । जीडीपीमा उत्पादनमुलक क्षेत्रको योगदान ५ वर्षभित्रमा २२ प्रतिशत पु¥याउने र वार्षिक १ खर्ब बराबरको निर्यातलाई ४ खर्ब पु¥याउने लक्ष्य तय गरिएको अध्यक्ष अग्रवालको भनाई छ । नेपाली कृषि उत्पादनले पनि ‘स्वदेशी’ लोगो प्रयोग गर्न पाउनेछन् तर कृषिजन्य वस्तुको आयात गरेर प्याकेजिङ गर्नेहरुले भने सो लोगो प्रयोग गर्न नपाउने भएका छन् ।

परिसंघले नेपाली वस्तु र सेवाको उत्पादन वृद्धि, प्रवद्र्धन एवं उपभोग वृद्धि गरी विश्व बजारमा निर्यात गर्ने उद्धेश्यका साथ ०७७ फागुन २४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट अभियानको सञ्चालनको सुरुवात गरेको थियो । परिसंघले मंसिर २१ गते पत्रकार सम्मेलनको आयोजना गरी ‘स्वदेशी’ एप पनि सार्वजनिक गरको छ ।

वि.सं.२०७८ मंसिर २२ बुधवार ०७:५६ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...