back
CTIZAN AD

महालक्ष्मी विकास बैंकद्वारा गणेश टोल विकास संस्थालाई डस्टबिन प्रदान

वि.सं.२०७८ मंसिर २२ बुधवार

606 

shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल विकास संस्थालाई २० थान ठूला डस्टबिन सहयोग स्वरुप प्रदान गरेको छ ।

शहिद स्मारक पार्कमा आयोजित एक कार्यक्रमबीच कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौँडा ११ का कार्यबाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्त डस्टबिनहरु गणेश टोल विकास संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्  ।

कार्यक्रममा स्थानीय निकायका पदाधिकारी, सामाजिक अभियन्ता, स्थानीय उद्योगी, व्यापारी तथा बैंकका कर्मचारीहरुको उपस्थिति थियो । यस किसिमको सहयोगले टोलको सौन्दर्यीकरणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा हेटौंडा ११ का कार्यबाहक वडा अध्यक्ष न्यौपानेले सबै मिलेर आ–आफ्नो टोललाई सफा र हराभरा राख्न सके सबै वडा आफैँ राम्रो हुने र विकासको गति बढ्ने बताए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक र आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बैंकले जनाएको छ ।

वि.सं.२०७८ मंसिर २२ बुधवार ०७:५२ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...