back
CTIZAN AD

वेस्टर्न युनियन क्यास उत्सवको विजेता घोषणा, मस्तकलाले जितिन् पाँच लाख

वि.सं.२०७८ मंसिर २२ बुधवार

750 

shares

काठमाडौ । वेस्टर्न युनियनले दशैँ, तिहार र छठ लक्षित क्यास उत्सव योजनाको विजेता घोषणा गरेको छ । जसमा नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकी मस्तकला नेपाली बिकले पाँच लाख रुपैयाँ जितेकी छिन् ।

विकलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए । दशैँ, तिहार र छठलाई लक्षित गरी सो योजना असोज १ देखि कात्तिक २५ सम्म लागू गरिएको थियो । योजनामा आठ हप्तासम्म हरेक हप्ता पाँच भाग्यशाली विजेताहरुले २० हजार रुपैयाँ हात पारिसकेकाछन् ।

नेपालमा वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट–एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सहायक एजेन्टमार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई उक्त योजनामा सहभागी गराइएको थियो ।

 

वि.सं.२०७८ मंसिर २२ बुधवार ०७:४९ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...