काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद् अमरेशकुमार सिंह नै कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सर्लाही क्षेत्र नम्बर ४ मा मंगलबार भएको अधिवेशनमा उनी पराजित भएका हुन् ।
अधिवेशनमा सभापति शेरबहादुर देउवा निकटको प्यानल नै विजयी भएको छ । पारजित सिंहले २ सय ४८ मत ल्याएका थिए । महाधिवेशन प्रतिनिधिमा हार भएसँगै सिंह पार्टीको केन्द्रीय महाधिवेशनमा सहभागि हुन पाउने छैनन् ।
सिंह रामचन्द्र पौडेल समूहका नेता हुन् । मधेश राजनीतिमा चर्चित सिंहको पराजयले कांग्रेसभित्र थप विकृत बनेको गुटगट राजनीतिलाई प्रष्ट पारेको छ ।
वि.सं.२०७८ मंसिर २२ बुधवार १३:०६ मा प्रकाशित




























