काठमाडौं । नेपाली जनसम्पर्क समिति आयरल्याण्डको सभापतिमा अंकित ओली भयन भएका छन् ।
समितिको हालै सम्पन्न प्रथम अधिबेशनले ओलीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
समितिको उपसभापतिमा अविनाश घिषिङ , महामन्त्रीमा चमन राना, सहमहामन्त्रीमा लोकेश धामी सदस्यहरुमा भागीरथी त्रिपाठी, विमला गुरूङ,कृश्ण काफ्ले, लक्ष्मी पौडेल, पार्वती आचार्य,सोहन थापा, बिकल पौडेल,जोनस जोशी,हरी गौतम र रामकाजी गुरुङ्ग चयन भएका छन् ।
२१ सदस्यीय कार्यसमिति रहेको उक्त नयाँ कार्यसमितिले आवस्यकता अनुसार सदस्यहरु पदपुर्ती गर्दै जाने बताइएको छ ।
न्यौपानेको संरक्षक रहने गरी सल्लाहकार समित गठन
त्यसैगरी संस्थापक सभापती संरक्षक रहनेगरी निम्न अनुसारको सलाहकार समीति समेत गठन गरिएको छ ।
सल्लाहकार समितिको संरक्षकमा शुक्रराज न्यौपाने र सल्लाहकारमा बिनोद कार्की, नवराज कोइराला, गणेश प्रसाई, लक्ष्मी सापकोटा, प्रकाश सापकोटा, रमेश गुरुङ र सागर लामा रहेका छन् ।
वि.सं.२०७८ मंसिर २२ बुधवार १३:०७ मा प्रकाशित


























