back
CTIZAN AD

न्यायिक निकायमा पहुँच नपुग्दा घरेलु हिंसा बढेको सरोकारवालाहरुको भनाई

वि.सं.२०७८ मंसिर २२ बुधवार

585 

shares

कञ्चनपुर । न्यायिक निकायमा महिलाको पहुँच पुग्न नसक्दा घरेलु हिंसाका घटना कञ्चनपुरमा बढ्दै जान थालेका छन । अधिकांस हिंसाका घटना न्यायिक निकायसम्म पुग्न नपाउदै मिलापत्रमै टुंग्याइदा महिला न्याय पाउनबाट वञ्चित हुने गरेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज आयोजित कार्यक्रमा बोल्दै महिला अधिकारकर्मी मधु बोहराले महिलामाथि सामाजिक सञ्जालदेखि भूगोल, क्षेत्र लिङ्ग र जातका आधारमा हिंसा हुने गरेको बताइन् ।

“सामाजिक संस्था, समुह लगायत संगठीत रुपमा रहेका महिलाहरुले महिला हिंसा रोकथामका लागि प्रयास गरे हिंसा न्यूनीकरण गर्न सकिन्छ”, उनिले भनिन “नारा र कार्यक्रममा मात्रै महिला हिंसाका कुरा बढी हुन्छन् । व्यवहारमा लागू नहँुदा हिंसाले प्रश्रय पाउदै आएको छ ।”
हिंसा गर्नेलाई न्यायिक निकायमा पु¥याएर दण्डित नगरिँदासम्म रोक्न नसकिने उनिले बताइन् ।

शुक्लाफाँटा नगर सेफ हाउसका सञ्चालक समितिका सचिवसमेत रहेका बोहराले सेफ हाउसमा आएका ८२ वटा घरेलु हिंसाका विवादमा महिलालाई न्याय हुने गरी टुङग्याइएको बताईन । “तीन वटा विवाद नटुङ्गिदा अदालतमा मुद्दा दायर गरी न्यायको पखाईमा रहेका छौं”, उनिले भनिन् “छोरीहरुलाई प्रलोभनमा पारेर विवाह गर्ने र विवाह गरिसकेपछि अलपत्र छाडने हिंसा गर्ने कार्य हुने गरेका छन् । त्यस्तो कार्यमा संलग्नलाई दण्डित गर्न अदालतसम्म पुगेका छौं ।”

हिंसामा परेका महिलाका लागि निःशुल्क कानुनी परामर्शसँगै मुद्दा लडने व्यवस्था मिलाइँदै आएको उनले बताईन । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले आर्थिक अवस्था कमजोर भएका र पुरातन सोचका कारण महिला बढीपीडित भएको पाइएको बताएका छन् ।

“प्रहरीमा ९० प्रतिशत महिला आफन्त, नजिकैका नातेदार र चिनेजानेका व्यक्तिबाट हिंसाको उजूरी ल्याएर पुग्ने गर्दछन”,उनले भनिन् “आफन्तको दबाबमै अधिकांश मुद्दामा मिलापत्र हुने गर्दछ । दुईदेखि तीन प्रतिशत मुद्दा मात्रै अदालतसम्म पुग्दछन् । अदालत पुगेका मुद्दामासमेत पीडित महिलाले बयान फेर्ने गरेका कारण मुद्दा कमजोर भई पीडककै पक्षमा निर्णय हुने गर्दछन् ।”

घरेलु हिंसालाई नजिकबाट नियाल्दै आएको उल्लेख गर्दै उनले हिंसाका कारण सामाज उच्च जोखिमा रहेको बताईन उनका अनुसार प्रहरीमा आउने धेरै जसो उजुरी शारीरिक र यौनजन्य हिंसा हुने गरेका छन् । शिक्षा, रोजगार, रीतिरिवाज र शिक्षाको कमीका कारण महिलाले हिंसा सहनु परेको उनका भनाइ छ । नेपाली कांग्रेस शुक्लाफाँटाका नेपाल महिला सङ्घका नगर सभापति भुमा चन्दले घरेलु हिंसाका पीडित घरघरमा रहेको उल्लेख गर्दै समाजमा बदनाम हुने डरले अधिकांश महिलाले हिंसाका घटना लुकाएर राख्ने गरेको बताइन् ।

“घटना लुकाएर राख्दा पीडकको मनोवल उच्च हुने गर्दछ” उनले भनिन् “त्यसपछि झन हिंसाले विकराल रुप लिन्छ । घरमै बस्न नसकिने अवस्था आएपछि मात्रै हिंसापीडित महिलाले प्रहरी र अन्य निकायलाई गुहार्ने गर्दछन् ।” विजय एकता महिला सहकारी संस्थाका व्यवस्थापक बिस्ना पन्तले लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरी महिलामाथि हिंसा हुने गरेको बताईन् ।

“स्रोतसाधन, अवसर, जिम्मेवारी तथा हकअधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सीमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता कारणले हिंसा हुन्छ”, उनले भनिन “कुटपिट, जबरर्जस्ती, गर्भपतन गर्न लगाउनु, महिलालाई कामको बोझ थपेर दुःख दिनु वा शारीरिक रुपमा घाऊ, चोटपटक वा क्षति पुग्ने गरी हिंसा हुने गरेका छन् ।”

सामाजिक सञ्जालबाटसमेत हिंसा हुने गरेको अधिकारकर्मी महिला बताउँछिन् । महिलालाई बदनाम गर्नका लागि सामाजिक सञ्जालमा अश्लिल फोटो राख्ने, लेखेर चरित्र हत्या गर्ने, यौन चित्र पठाउने, यौनजन्य कुराकानी शब्दको प्रयोग गरी महिलामाथि हिंसा निम्त्याउने गरिँदै आएको अधिकारकर्मी महिलाको भनाइ छ ।

यौनिक हिंसाको धेरैजसो घटना चिनेजानेकै व्यक्तिबाट हुने गरेको पाइन्छ । नगरपालिकाका महिला विकास शाखाका प्रमुख कमला जोशी परिवारबाटै छोरा र छोरीलाई दुई आँखा जस्तै समान व्यवहार गरे हिंसा कम गर्न सकिने बताउँछिन् । “छोरा नहुँदासम्म छोरी सुरक्षित छैनन”,उनले भनिन् ।

संविधानमै महिलालाई अंश र बंशको अधिकार दिइएको कुरामा जोड दिँदै उहाँले जबसम्म कानूनलाई व्यवहारमा उतार्न सकिदैन तवसम्म महिलामाथि हिंसा भइनै रहने बताईन् ।

वि.सं.२०७८ मंसिर २२ बुधवार १५:२९ मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...