काठमाण्डौं । नेकपा माओवादी केन्द्रले पार्टीको ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ ।
पार्टीले ३२ वटा विभागका प्रमुख र सदस्यहरुको नामावली समेत सार्वजनिक गरेको छ ।
उक्त नामावली अनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्कुल विभागको इन्चार्ज र संघीय संसद विभाग प्रमुख रहेका छन् । स्कुल विभाग प्रमुखको जिम्मा भने गिरीराज मणिले पाएका छन् ।
त्यसैगरी पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ विदेश मामिला विभागको प्रमुख रहेका छन् भने वर्षमान पुनः अनन्तलाई अर्थ तथा योजना विभाग प्रमुखमा तोकिएको छ ।
त्यस्तै उद्योग वाणिज्य विभाग प्रमुखमा वामदेव क्षेत्री लगायत विभिन्न विभागका प्रमुखहरु र सदस्यहरु तोकिएका छन् ।
यस्तो छ सूची
वि.सं.२०७८ मंसिर २३ बिहीवार ०९:५३ मा प्रकाशित




























