२३ मंसिर, काठमाडौँ । बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बायर्न म्युनिखसँग बुधबार राति भएको खेलमा ३–० ले पराजित हुदैँ बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो ।
खेलको ३४ औं मिनेटमा थोमस मुलरले बायर्न म्युनिकलाई पहिलो अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्न अग्रता दोब्बर पारेका थिए । त्यसैगरी दोस्रो हाफको ६२ औं मिनेटमा जमल मुसिएलाले गोल गर्दै बायर्नलाई ३-० ले जित दिलाएका थिए ।
बार्सिलोना २० वर्षपछि च्याम्पियन लिगको समूह चरणबाटै बाहिरिएको हो ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार १०:१९ मा प्रकाशित























