back
CTIZAN AD

दुर्गममा टेलिकमको फोरजी सेवा शुरु

वि.सं.२०७८ मंसिर २३ बिहीवार

648 

shares

२३ मंसिर, काठमाडौँ । नेपाल टेलिकमले बागलुङको दुर्गम गाउँलाई लक्ष्य गरी चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा विस्तार गरेको छ । बडिगाड गाउँपालिका–४ जलजला र ८ रणसिँहकिटेनीको सीमास्थल बेतथलाको धुरीमा स्थायी संरचना बनाएर सो सेवा दिइएको हो ।

यसअघि त्यहाँ थ्रिजी सेवा मात्र उपलब्ध थियो । जसका कारण डाटा र भ्वाइस सेवा गुणस्तरीय थिएन । फोरजी प्रविधि जडानपछि उपभोक्ताले तीव्र गतिको मोबाइल इन्टरनेट प्रयोग गर्न पाएका छन् । पच्चिस मिटर अग्लो टावर निर्माण गरी सेवा थप गरिएको टेलिकमको बागलुङ कार्यालयका वरिष्ठ इन्जिनीयर केशव शर्माले बताए । सदरमुकामदेखि झण्डै २५ कोष पश्चिममा अवस्थित त्यस ठाउँमा पहिलोपटक फोरजी सेवा पुगेको हो ।

“डाटा र भ्वाइस दुवैमा प्रयोगकर्ताले गुणस्तरीय सेवा पाएका छन्”, शर्माले भने, “अब पहिलेझैँ मोबाइल इन्टरनेटमा समस्या झेल्नुपर्दैन, फोन कलमा पनि उल्लेख्य सुधार आएको छ ।”

भौगोलिक विकटता भएका गाउँमा इन्टरनेट र फोन सेवाको सहज पहुँचका लागि टेलिकमले प्राथमिकता दिएर काम गरिरहेको छ । जिल्लाका अधिकांश क्षेत्रमा अहिले फोरजी सेवा विस्तार भइसकेको छ ।

मोबाइल आएको १० वर्ष भए पनि रणसिँहकिटेनीका बासिन्दा गुणस्तरीय इन्टरनेट सेवाबाट बञ्चित थिए । टेलिकमले अस्थायी संरचनाबाट टुजी र थ्रिजी सेवा प्रदान गर्दै आएको थियो । नयाँ पूर्वाधार र प्रविधि थपेपछि जलजला, रणसिँहकिटेनी, भिमगिठेसँगै छिमेकी जिल्ला गुल्मीका गाउँसम्म सेवाको पहुँच पुगेको छ ।

पहिलेको जस्तो मोबाइलमा इन्टरनेट सेवा लिन डाँडातिर जानुपर्ने अवस्था अब नरहेको रणसिँहकिटेनीका वडाध्यक्ष यमबहादुर श्रीस थापाले बताए । इन्टरनेटको सहज सुविधाले गाउँका बासिन्दा खुसी छन् । टेलिकमले सेवाको विस्तारसँगै दिइरहेको सेवामा गुणस्तर थप्दै लगेको छ । टेलिकम कार्यालयका वरिष्ठ इन्जिनीयर शर्माले जिल्लाका कुनाकाप्चासम्म इन्टरनेट र फोनको स्तरीय सेवा पु¥याउन कार्यालय लागिपरेको बताए ।

वि.सं.२०७८ मंसिर २३ बिहीवार १०:४९ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...