२३ मंसिर, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आईसीएफसी फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
नेप्सेले आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात संस्थाको शेयरमूल्य ६३९ रुपैयाँ ८२ पैसा कायम भएको छ । कम्पनीको बुधबार अन्तिम कारोबार ७०३ रुपैयाँ ८० पैसा भएको थियो ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार ११:३९ मा प्रकाशित



























