काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौंका तीन जिल्लामा यसअघि कोरोना खोप लगाउन छुटेका सबैलाई खोप दिने तयारी गरेको छ । मन्त्रालयले बिहीबारदेखि विभिन्न २४ वटा केन्द्र तोकेर यसअघि लगाउन छुटेका व्यक्तिलाई खोप दिन लागेको हो ।
२४ केन्द्रमा तोकेर भेरोसेल र एस्ट्राजेनेका खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं र ललितपुरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म खोप दिइनेछ भने भक्तपुरमा बिहान १० देखि दिउँसो १ बजेसम्म दिइनेछ ।
यी हुन् खोप दिइने केन्द्र



वि.सं.२०७८ मंसिर २३ बिहीवार १२:३७ मा प्रकाशित






























