back
CTIZAN AD

नबिल बैंकले सार्वजनिक ग¥यो ‘नबिल डिजीबैंक पोर्टल’

वि.सं.२०७८ मंसिर २३ बिहीवार

627 

shares

२३ मंसिर, काठमाडौँ । नबिल बैंकले आधिकारिकरूपमा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न सो पोर्टलमार्फत बैंकले आफ्नो उत्पादन सेवालाई स्वचालित बनाएको जनाइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले आज आयोजित एक कार्यक्रमका बीच नबिल डिजीबैंक पोर्टलको सुरुआत गर्दै कम्प्युटराइज्ड बैंकबाट सुरु भएको यात्रा अब साँच्चिकै डिजिटल बैंकका रूपमा विकास भएको बताए । बैंकले ३७ वर्षे अवधिमा गरेको प्रमुख कार्यमध्ये डिजीबैंक पोर्टलसमेत एक रहेको उनको भनाइ थियो ।

सोे पार्टलमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल÷एसएमई लोन आवेदनलगायत अनलाइन सेवा उपलब्ध रहेको छ । यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवा थप गर्दै जाने योजना बनाएको छ ।

कार्यक्रममा बैंकका सिइओ शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आइकार्डलगायतका थप दुई नयाँ अनलाइन सेवासमेत सार्वजनिक गरेका थिए ।

भिकेवाइसीको सुरुआतसँगै ग्राहकसँग केवाइसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको जनाएको छ । भिकेवाइसी छनोटमार्फत ग्राहकले क्यामराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्ण निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचानसम्बन्धी कार्य पूरा गर्नुपर्नेछ ।

त्यसैगरी नबिल भर्चुअल आइकार्ड नबिल स्मार्ट बैंक एपभित्र इमबोस्ड गरिएको सेवा हो । यसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्चुअल आइकार्डका लागि आवेदन दिन सक्नेछन् । यसैगरी ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू ९कार्ड नम्बर, म्याद समाप्ति मिति, सिभीभी०सहित मोबाइल बैंक एपभित्र भर्चुअल कार्ड तुरुन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतीय रुपैयाँबाहेक) इ–कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ ।

वि.सं.२०७८ मंसिर २३ बिहीवार १६:१४ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...